भक्तपुर, वैशाख २२
लकडाउनवीच मंगलबार भक्तपुरमा एउटा सार्वजनिक पुलको ढलान कार्य सम्पन्न भएको छ । भक्तपुर नगरपालिका वडा नं ७ हनुमानघाटस्थित छिपा ताँं (हनुमानघाट पुल) को ढलान कार्य सम्पन्न भएको हो ।
भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत पुलको पुनः निर्माण थालेको थियो । उपभोक्ता समितिका अध्यक्ष रामेश्वर प्रजापतिले पुल निमार्णको सम्पूर्ण काम यो आर्थिक वर्षभित्र सकाउने योजना रहेको सुनाए । पुल र्माणका लागि ढलान कार्य सके पनि पेटी र शेरवाल ढलान गर्न बाँंकी रहेको जनाए ।

पुलको शिलान्यास थइकाृ मंसिर २६ गते भएको थियो । वीचमा लकडाउनका कारण चैत ११ को लकडाउनको प्रारम्भसँंगै काम रोकिएको थियो । पछिल्लो पटक बैशाख ८ गते पुलको विमको ढलान गरिएको थियो ।
भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवाँंले लकडाउनकावीचमा पनि भक्तपुर नगरपालिकाले विकास निर्माणको कामलाई निरन्तरता दिइरहेको जानकारी गराए । यहीवीचमा पुलको ढलान कार्य पनि गरेको उनले जनाए ।
विकास निर्माणका काम वन्द गरी साधारण कामदार मजदुरलाई भोकै राख्नु हुँदैन भन्ने धारणाका साथ विकास निर्माणका काम धमाधम भइरहेको जनाइएको छ । मंगलबारको पुल ढलान कार्यमा ३० भन्दा वढी मजदुरहरु सहभागी रहेका थिए । उनीहरुमध्ये मजदुरलाई एक दिनको एक हजार र मिश्त्रीलाई एक दिनको एक हजार पाँंच सय ज्याला दिइएको थियो । पुल ढलान कार्यको मंगलबार नै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निरीक्षणसमेत गरेका थिए ।














