खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउ
भक्तपुर, भाद्र २५ गते
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले खाना पकाउने ग्यासको कालोबजारी गर्ने, बढी पैसा लिनेलाई कार्वाही गर्ने चेतावनी जारी गरेसँगै ग्यासको कालोबजारी गर्ने २ जना लाई प्रहरीले पक्राउ गरेका छ ।
घर समुदायमा खाना पकाउने ग्यासको अभाव भइरहेको बेला बढी मूल्यमा ग्यास बिक्रि गर्ने भक्तपुर, भक्तपुर नगरपालिका –२ इटाछेबाट एक र सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगर एक जना गरी दुई जनालाई पक्राउ गरेका हु्न । ग्यास विक्रि वितरणको स्थलगत नियमन बढाएको जिल्ला प्रशासन कार्यालय भक्तपुरको अनुगमण टोलीले २ हजार ८ सय ग्यास विक्रि वितरण गर्दै आएको सूचना पाउने बितिक्कै आज साँझ सूर्यविनायक नगरपालिका ३ ब्रम्हनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक सर्लाही बरहथवा नगरपालिका ७ घर भई हाल सोही स्थानमा बस्दै आएका २५ वर्षीय उमेश शाहलाई पक्राउ गरेको छ । अनुगमनका क्रममा उक्त पसलबाट ७५ थान भरिएका हिमाल ग्याँस सिलिण्डर बरामद गरी पसल सञ्चालक शाहलाई नियन्त्रणमा लिइएको छ ।

त्यस्तै, बिहिबार नै साँझ १८:३० बजे भक्तपुर नगरपालिका–०२ इटाछेस्थितबाट १४ वटा सगर ग्यास सिलिण्डरसहित सञ्चालक ४१ वर्षीय राजेश कर्मचार्यलाई पनि पक्राउ गरिएको छ ।
बढी मूल्य लिएर खाना पकाउने ग्यास विक्रिवितरण भइरहेको सूचना प्राप्त भएपछि अपराध अनुसन्धान कार्यालय टेकुबाट प्रहरी निरीक्षक हेम बहादुर थपलियाको कमाण्डमा खटिएको टोलीले अनुगमन गरेको थियो । पक्राउ गरिएको दुवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान भइरहेको छ ।














