बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
भक्तपुर, भाद्र १४ गते
भाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको विनाशकारी बाढी– पहिरोबाट भएको भारी जनधनको क्षतिप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल(टिआई नेपाल)ले गहिरो दुःख व्यक्त गरेको छ। टिआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माद्वारा आज एक विज्ञप्ति जारी गरी यस विपदमा परी ज्यान गुमाउनुहुने आम नेपाली तथा विदेशी नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना दिदै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सो विपदबाट सिर्जित क्षतिको गम्भरीरतालाई ध्यानमा राखी खोजी, उद्धार तथा राहत कार्यलाई थप तीव्र र समन्वयात्मक बनाउन नेपाल सरकारसँग आग्रह गरेको छं ।
साथै, अध्यक्ष शर्माले प्रभावित नागरिकहरुको दीर्घकालीन पुनस्र्थापना, जीविकोपार्जन र पुनर्निर्माणका लागि नेपाल सरकारका साथै आम नागरिक, निजी क्षेत्र, नागरिक समाज र अन्तराष्ट्रिय साझेदारहरुबाट निरन्तर सहयोग अपेक्षा गर्दै यस कठिन घडीमा सम्पूर्ण राहत तथा पुनर्निर्माणका कार्यहरु मानवीय संवेदना, सुशासन, पारदर्शिता र जवाफदेहिताका साथ अगाडि बढाउन ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको तर्फबाट सम्बन्धित सबै पक्षसँग आव्हान गरेको छ ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














