भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन

भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
काठमाण्डौ, भाद्र १० गते
आज विहान ८ बजे र ४० मिनेटमा गएको भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु भएको छ । आज साँझसम्म बाढीका कारण मृत्यु हुनेको संख्या ९५ जना पुगेको हो । बाढी प्रभावित विभिन्न क्षेत्रबाट फेला परेका ति शवको सनाखत हुन भन्ने बाँकी छ । यसै बीच सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रमा क्षेत्रमा ३९१ जना विदेशी र ९३ जना स्वदेशी पर्यटकहरू सम्पर्कविहीन रहेका छन् । बाढी प्रभाबित क्षेत्रमा ४४ जना नेपाली सेना, विभिन्न प्रहरी चौकीमा २८ प्रहरी कार्यरत रहेको नेपाल सरकारले जनाएको छ।
यसै बीच सो क्षेत्रमा कार्यरत ६० जना कर्माचारीहरु पनि सम्पर्क बिहिन अवस्थामा रहेको नेपाल सरकार प्रधानमन्त्रीको कार्यालयले आज साँझ ७ बजे प्रकाशित विज्ञप्ति मार्फत जनाएको छ । बाढीका कारण अतुलनीय धनजनको क्षति पुर्याएको उल्लेख गर्दै बाढीले १९ बटा मोटरेबल पुल र ४० किलोमिटर पकी सडक क्षतिग्रस्त भएको जनाएको छ । यसै गरी रसुवागढी भन्सार, अध्यागमन कार्यालयलगायतका केही कर्मचारी पनि सम्पर्क बिहीन रहेको जनाएको छ ।
बाढीपछि सरकारले मानवीय तथा भौतिक क्षतिको विवरण संकलन जारी राखेको जनाएको छ भने बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न स्थानमा भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्तिमार्फत गहिरो दुःख व्यक्त गरेको छ । यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ विज्ञप्तिमा भनिएको छ।

भोटेकोशीमा बाढीको स्थानीय प्रशासनबाट सूचना प्राप्त गरेपछि सरकारले प्रधानमन्त्रीबाट बाढी प्रभावित क्षेत्रमा उद्धार खोज तथा राहत कार्यका लागि सुरक्षा निकायसहित सरोकारबाला निकाय÷संघसंस्थालाई निर्देशन जारी गरेको जनाएको छ। तटीय क्षेत्रलाई उच्च सतर्कतामा राख्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरूले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा नदी किनारमा नजान नेपाल सरकारले अनुरोध गरेको छ ।