भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
भक्तपुर । भक्तपुर नगरपालिका–७, त्रिवेणीधामस्थित श्री हनुमानघाट परिसरमा ‘६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ’ सञ्चालन भइरहेको छ। धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको हनुमानघाट क्षेत्रमा विश्व शान्तिको कामना गर्दै महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार श्री रामजानकी मन्दिरको प्राङ्गणमा २०८३ वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर विशेष धार्मिक कार्यक्रम सञ्चालन गरिएको हो। महायज्ञअन्तर्गत दैनिक हवन, रुद्राभिषेक, चारवेद तथा अठार पुराण पाठ–पारायण भइरहेको जनाइएको छ।
महायज्ञले व्यक्तिगत शान्तिदेखि परिवार, टोल, छरछिमेक, समाज, समुदाय, जिल्ला हुँदै देश र विश्वमै शान्तिको कामना गर्ने उद्देश्य लिएको आयोजकको भनाइ छ। धार्मिक आस्था, संस्कृति र ऐतिहासिक सम्पदाको संरक्षणसँगै भक्तपुरको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत यस प्रकारका कार्यक्रमले योगदान पु¥याउने अपेक्षा गरिएको छ।
उल्लेख भएअनुसार यो कार्यक्रम २०७९ मंसिर ११ गतेबाट सुरु भएको पाँचवर्षीय तीर्थ प्रचार महाअभियानको अन्तिम कार्यक्रमका रूपमा प्रस्तुत गरिएको छ। महायज्ञको समापन २०८४ माघ शुक्ल पूर्णिमामा गर्ने उल्लेख छ।
कार्यक्रमका संकल्पकर्ता श्री दीपक सापकोटा ९कान्छा० रहेका छन् भने संरक्षकका रूपमा समाजसेवी विशिष्ट व्यक्तित्व श्री भरतमणि जंगम एवं सम्पूर्ण जंगम परिवार तथा अनन्त धौभडेल एवं सम्पूर्ण धौभडेल परिवार, भक्तपुर रहेको उल्लेख गरिएको छ। कार्यक्रमको आयोजक श्री रामजानकी मन्दिर संरक्षण संस्था, भक्तपुर नगरपालिका–७, त्रिवेणीधाम हनुमानघाट, भक्तपुर रहेको छ।
उक्त ६३० दिवसीय विश्व शन्ति विराट ज्ञान महायज्ञ १ सय दिन पुगेको अवसरमा एक कार्यmमको अयोजना गरि २० जना पुरोहितहरुलाई कर्मकाण्डका पुस्तक तथा सामाग्रीहरु हस्तान्तरण समेत गरिएको थियो ।














