आज ङातापोलको ३२३ औं स्थापना दिवस

आज ङातापोलको ३२३ औं स्थापना दिवस
भक्तपुर, असार १२ गते
भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वले भरिपूर्ण ङातापोल –पाँच तल्ले) मन्दिरको आज ३२३ औं स्थापना दिवस मनाएको छ । हरेक वर्ष आजको दिन बुसादा पर्व मनाउँदै मन्दिरको छाना मर्मत तथा सरसफाई गरेका हुन् भने गजुरमा झण्डातोलन गरेर स्थापना दिवस मनाएको हो ।
मल्ल राजा भूपतेन्द्र मल्लले छ महिनामा निर्माण कार्य पूरा गरिएको सो मन्दिर नेवारी बास्तुकलाको अनुपम नमुनाको रुपमा लिने गरिन्छ । वि.स. १९९० सालको महाभूकम्पमा एक तल्ला र २०७२ सालको भूकम्पले सामान्य मात्र क्षति पुगेको सो मन्दिर भित्र सिद्धि लक्ष्मीको मूत्ति रहेको छ । तान्त्रिक देवीको रुपमा सिद्धिलक्ष्मीलाई गोप्य देवीको रुपमा तलेजुबाट पूजा र बोका बलि दिएर स्थापना दिवस मनाउने परम्परा रहेका छन् । मन्दिरमा भने मन्दिर बनाएका विभिन्न समुदाय मध्ये तुछि मल्लाका अवाल समुदायले आज विशेष पर्वको रुपमा ङातापोलको बुसाँदा अर्थात स्थापना दिवस मनाएका हुन । हरेक सम्पदाको निर्माण सम्पन्न भएको दिनलाई हरेक वर्ष बुसाँदा अर्थात जन्म दिनको रुपमा (स्थापना दिवस) मनाउँदै आएको छ।