तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’

तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’

भक्तपुर, २२ साउन । चाँगुनारायण नगरपालिका–९, ताथलीको सौडोलको खगां टोलमा विगत करिब तीन दशकदेखि अवरुद्ध मौलिक तथा परम्परागत ‘भैलः प्याखं’ ९भैरव नाच० लाई पुनःजीवन दिने तयारी सुरु भएको छ। लामो समयदेखि रोकिएको उक्त सांस्कृतिक परम्परालाई नयाँ पुस्तासँग जोड्दै पुनः सञ्चालनमा ल्याउने उद्देश्यले ‘खगां भैलः प्याखं पुनर्जागरण कार्यझ अघि बढाइएको हो।

खगां दाफा भजन खलः, पुरानो पुस्ताका जानकार, नयाँ पुस्ता तथा संस्कृतिप्रेमीहरूको बिहीबार भएको सामूहिक छलफलपछि भैलः प्याखंलाई पुनः सञ्चालन गर्ने निष्कर्ष निकालिएको हो। छलफलमा समयक्रमसँगै मौलिक कला, नृत्य तथा सांस्कृतिक परम्पराहरू कमजोर हुँदै गएको अवस्थामा समुदायको पहिचानसँग जोडिएको भैलः प्याखंलाई संरक्षण र पुस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।

खगां भैलः प्याखंलाई व्यवस्थित रूपमा पुनर्जीवन दिन प्रशिक्षण सञ्चालन तथा व्यवस्थापनका लागि स्थानीय हरिसुन्दर छुकांको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ।

समितिले भैरव नाचको प्रशिक्षण सञ्चालनदेखि नियमित अभ्यास, सहभागी तथा कलाकारको व्यवस्थापन, आवश्यक सामग्रीको तयारी, पुराना गुरु तथा जानकारसँग समन्वय र आगामी प्रस्तुतिको व्यवस्थापनसम्मका काममा सहजीकरण गर्नेछ।

लामो समयसम्म भैलः प्याखं सञ्चालन नहुँदा यसको अभ्यास तथा प्रस्तुति शैलीसँग नयाँ पुस्ताको प्रत्यक्ष सम्बन्ध कमजोर हुँदै गएको छ। त्यसैले नयाँ पुस्तालाई प्राथमिकतामा राखेर प्रशिक्षण सञ्चालन गर्ने र पुराना गुरु तथा जानकारबाट प्राप्त ज्ञान तथा सीपलाई नयाँ पुस्तासम्म पुर्याउने अभियानको उद्देश्य रहेको छ।

गुरु–शिष्य परम्परामा बाँचेको भैलः प्याखं
ताथलीको भैलः प्याखंको इतिहास स्थानीय सांस्कृतिक जीवन र स्मरणसँग जोडिएको छ। स्थानीय जानकार तथा ज्येष्ठ पुस्ताले सुनाउँदै आएको मौखिक इतिहासअनुसार भक्तपुर नगरका विभिन्न स्थानमा प्रचलित भैलः प्याखं सिकाउने क्रममा ताथलीका गुरुहरूको समेत भूमिका रहेको बताइन्छ।

गुरुबाट शिष्यमा ज्ञान र सीप हस्तान्तरण हुँदै आएको भैरव नाचमा नृत्यका चाल, ताल, अभिनय, पात्रको प्रस्तुति, बाजागाजासँगको समन्वय तथा अनुशासन महत्वपूर्ण पक्षका रूपमा रहेका छन्। यस्ता पक्ष पुस्तौँदेखि अभ्यास र प्रशिक्षणमार्फत हस्तान्तरण हुँदै आएको स्थानीय भनाइ छ।
यसैले खगां भैलः प्याखंको पुनर्जागरणलाई रोकिएको नाचलाई पुनः जीवित बनाउने मात्र नभई गुरु–शिष्य परम्परामा आधारित सांस्कृतिक ज्ञानको पुनःस्थापना गर्ने अभियानका रूपमा समेत हेरिएको छ।

भैरव नाचमा धार्मिक आस्था र सांस्कृतिक पहिचान
भैलः प्याखं भक्तपुर उपत्यकाको मौलिक सांस्कृतिक परम्परासँग जोडिएको नृत्य–नाट्य शैली हो। यसमा नृत्य, अभिनय, संगीत, बाजागाजा, भेषभूषा तथा धार्मिक आस्थाको संयोजन पाइन्छ।

स्थानीय समुदायमा यस्ता प्याखंहरू मनोरञ्जनका लागि मात्र नभई धार्मिक तथा सांस्कृतिक अनुष्ठान, सामुदायिक एकता र स्थानीय पहिचानको अभिव्यक्तिका रूपमा समेत स्थापित छन्।

खगां टोलमा लामो समयदेखि रोकिएको भैलः प्याखं पुनः सञ्चालन हुँदा स्थानीय सांस्कृतिक गतिविधिमा नयाँ ऊर्जा थपिने र युवा पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग प्रत्यक्ष जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रशिक्षणमा युवाहरूलाई सहभागी गराई भैलः प्याखंका चाल, ताल, नृत्यशैली, पात्रको भूमिका, बाजागाजा तथा प्रस्तुति पद्धतिबारे अभ्यास गराउने तयारी गरिएको छ। पुराना गुरु तथा अनुभवी कलाकारबाट नयाँ पुस्ताले प्रत्यक्ष रूपमा सिक्ने वातावरण तयार पार्ने लक्ष्य राखिएको छ।

यसले पुराना पुस्तामा सीमित हुँदै गएको ज्ञानलाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै भविष्यमा भैलः प्याखंलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति तयार हुने विश्वास गरिएको छ।

इतिहास अभिलेखीकरण आवश्यक
भैलः प्याखं पुनर्जागरणसँगै यसको इतिहासलाई लिखित तथा श्रव्य–दृश्य रूपमा अभिलेखीकरण गर्नुपर्ने आवश्यकता पनि देखिएको छ।

विशेषगरी ताथलीका पुराना गुरुहरू को–को थिए, उनीहरूले कसलाई प्रशिक्षण दिए, भक्तपुरका कुन–कुन स्थानमा गएर भैरव नाच सिकाए, कुन समयमा यसको विस्तार भयो, नाचका मौलिक चाल तथा शैली के–कस्ता थिए भन्ने विषयमा पुराना पुस्तासँग जानकारी संकलन गर्नुपर्ने देखिन्छ।

यस्ता मौखिक इतिहासलाई समयमै संकलन गर्न नसके भावी पुस्ताले महत्वपूर्ण सांस्कृतिक विवरण गुमाउन सक्ने भएकाले ज्येष्ठ नागरिक, पुराना गुरु तथा कलाकारसँग अन्तर्वार्ता गरी भैलः प्याखंको इतिहास दस्तावेजीकरण गर्ने कामलाई पनि अभियानसँग जोड्नुपर्ने आवश्यकता रहेको स्थानीय संस्कृतिप्रेमीहरूको धारणा छ।

तीन दशकपछि फेरि गुञ्जिनेछ खगां
करिब तीन दशकको विरामपछि भैलः प्याखं पुनः सञ्चालन गर्ने तयारीले खगां टोलमा उत्साह थपेको छ। पुरानो पुस्ताको अनुभव, वर्तमान पुस्ताको सक्रियता र नयाँ पुस्ताको सहभागितालाई एकै ठाउँमा जोडेर मौलिक सांस्कृतिक परम्परालाई पुनर्जीवन दिने प्रयास सुरु भएको छ।
खगां भैलः प्याखं पुनर्जागरण अभियानले ताथलीको सांस्कृतिक पहिचानलाई थप बलियो बनाउनुका साथै भक्तपुरको मौलिक कला र परम्परा संरक्षणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।

तीन दशकदेखि रोकिएको एउटा नाच फेरि सुरु हुनु आफैंमा सांस्कृतिक पुनरागमन हो। तर त्यससँगै पुराना गुरुहरूको ज्ञान, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप र स्थानीय समुदायको सांस्कृतिक स्मृतिलाई नयाँ पुस्तामा पुर्‍याउन सकियो भने यो पुनर्जागरण अझ अर्थपूर्ण बन्नेछ।
खगांमा फेरि भैलः प्याखंका ताल गुञ्जिनेछ, नयाँ पुस्ता नाच्नेछ र पुरानो पुस्ताले आफ्नो ज्ञान हस्तान्तरण गर्नेछ । यो प्रयाससँगै भैरव नाच परम्परा एउटा पुस्ताबाट अर्को पुस्तामा संस्कृति पनि हस्तान्तरण हुनेछ।

आर्थिक चुनौती पनि
करिब तीन दशकपछि खगां भैलः प्याखं पुनः सञ्चालनको तयारी भइरहँदा यसको निरन्तरताका लागि आर्थिक व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ। भैरव नाच सञ्चालन गर्न आवश्यक परम्परागत पोशाक, मुखुण्डोको रंगरोगन तथा मर्मत, बाजागाजा र नाचमा प्रयोग हुने विभिन्न सामग्रीको बन्दोबस्त गर्न खर्च आवश्यक पर्ने भएकाले अभियानलाई आर्थिक स्रोतको आवश्यकता परेको हो।

लामो समयदेखि रोकिएको मौलिक संस्कृति पुनःजीवन दिने अभियान भएकाले यसको सम्पूर्ण भार केही व्यक्ति वा संस्थाले मात्र वहन गर्न कठिन हुने आयोजकको भनाइ छ।
त्यसैले खगां भैलः प्याखं पुनर्जागरण अभियानलाई सफल बनाउन सहयोगी मन, स्थानीयवासी, संस्कृतिप्रेमी, समाजसेवी, व्यवसायी तथा शुभेच्छुकहरूलाई आर्थिक सहयोगका लागि हार्दिक आह्वान समेत गरिएको छ। सानो–ठूलो जुनसुकै सहयोगले पनि तीन दशकदेखि रोकिएको सांस्कृतिक परम्परालाई पुनःजीवन दिन महत्वपूर्ण योगदान पुर्याउनेछ ।

भेलामा दाफा भजन खलस् का कृष्णगोपाल छुकां, राजाराम छुकां, रामभक्त बासुकला, मोहनकुमार छुकां, सुनकुमार छुकां, चाँगुनारायण नपा ९ का वडा सदस्य रविन बासुकला, राम छुकां, हरिगोपाल बासुकला, हरिभक्त छुकां, गोविन्द छकांलगायतले भैलस् प्याखंको महत्त्व, इतिहास,अनुभव सुनाउँदै सामुहिक प्रयासबाट संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए ।

भेलाले दाफा भजन खलस् का गुरु तथा नाइकेहरू र जनप्रतिनिधि तथा समाजसेवीलगायत समावेश गरि सल्लाहकार समिति पनि गठन गरेको छ ।

३खगांभैलप्याखं ३भैलप्याखं ३भैरवनाच ३खगांभैलप्याखंपुनर्जागरणअभियान ३पुनर्जागरणअभियान ३खगांटोलढ ३ताथली ३ताथलीसंस्कृति ३चाँगुनारायण ३भक्तपुर ३भक्तपुरसंस्कृति ३नेपालसंस्कृति ३नेपालीसंस्कृति ३त्बतजबष् ि३प्जबनबत्य ि३क्बगमभ ि३द्यजबपतबउगच ३ऋजबलनगलबचबथबल ३द्यजबष्एिथबपजब ३द्यजबष्चबखम्बलअभ ३ल्भउबऋिगतिगचभ ३ल्भधबऋगतिगचभ ३ल्भधबज्भचष्तबनभ ३ऋगतिगचबज्भिचष्तबनभ ३ऋगतिगचबच्भिखष्खब ि३क्बखभऋगतिगचभ ३एचभकभचखभऋगतिगचभ ३क्गउउयचतऋगतिगचभ ३ऋगतिगचभःबततभचक