कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत
साउन १७, केके मानन्धर ।
कुतः पिकाक प्रकाशनले भक्तपुरमा तीन जना स्रस्टाहरूलाई पुरस्कृत गरेको छ । ३२ वर्षदेखि अबिछिन्न प्रकाशन हुँदैआएको लुँध्वाखा पत्रिकामा उपलब्ध गराएका १७२ लघुकथा मध्ये उत्कृष्ट छनोट गरी तीन जना स्रष्टाहरू नगदसहित पुरस्कृत भएका हुन् । मुकुट शिर्षकका लघुकथाकार सर्जक दिव्य गिरि ५५ हजार नगदसहित पहिलो, दिव्या ताम्राकार ३५ हजार नगदसहित द्वितीय र मनदेवी ताम्राकार २५ हजार नगदसहित तेस्रो भएका छन् । समाजसेवी कृष्णलाल प्रधानका आमाबुवा कृष्णमाया तथा हर्षलालको स्मरणमा दुई वर्ष अन्तरालमा एकपटक स्रष्टाहरूलाई पुरस्कार दिंदैआएको आयोजक संस्थाका विमल ताम्राकारले जनाए ।
नेपालभाषा एकेडमीका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकार र समालोचक पूर्ण ताम्राकारले लघुकथा प्रतियोगितामा सहभागी स्रष्टाहरूलाई पुरस्कारको लागि छनोट गरेका थिए ।
कार्यक्रममा आधुनिक कवि डा. योगेन्द्र प्रधानले नेपालभाषाको साहित्य क्षेत्र उदार भएकोले गैर–नेपालभाषामा रचना गरिएको लघुकथालाई समेत पुरस्कारको भागिदार बनाएको बताए । भाषिक आदानप्रदानलाई निरन्तरता दिंदै नेपालका विभिन्न विधाका फरक भाषामा रचना गरिएको साहित्य श्रीवृद्धि, विकास तथा सदृढ बनाउनु पर्ने बताए ।
कार्यक्रममा नेवाः अमेरिकन दबूका संस्थापक अध्यक्ष मनोरञ्जन नारायण धौभडेललाई संस्थाको संरक्षक सदस्य नियुक्त गरिएको थियो ।
कार्यक्रममा संस्कृतिविद् डा. चुन्दा बज्राचार्य, आधुनिक कवि डा. योगेन्द्र प्रधान, प्राज्ञ अगिब बनेपाली, आशा सफू गुठीका अध्यक्ष शरद कसाः, विष्णुकेशरी ताम्राकार, नेपाल साहित्य मन्दिरका अध्यक्ष माणिक बाबु ग्वंगः, लघु कथा केन्द्रकी लता केसी, न्ह्यज्या खलःका कृष्णमोहन जोशी, विमल भौकाजी लगायतको सहभागिता थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
मूलढोका-कमलविनायक सडक अलपत्र: खाल्डाखुल्डी र धुलोले स्थानीय आजित, कात्तिक २० सम्म काम नभए ठेक्का तोड्ने चेतावनी
2026-11-02 Comments Off on मूलढोका-कमलविनायक सडक अलपत्र: खाल्डाखुल्डी र धुलोले स्थानीय आजित, कात्तिक २० सम्म काम नभए ठेक्का तोड्ने चेतावनी
मूलढोका-कमलविनायक सडक अलपत्र: खाल्डाखुल्डी र धुलोले स्थानीय आजित, कात्तिक २० सम्म काम नभए ठेक्का तोड्ने चेतावनी जनसञ्चार समाचारदाता भक्तपुर, १७...
विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादी भक्तपुरबाट पक्राउ
2026-11-02 Comments Off on विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादी भक्तपुरबाट पक्राउ
विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादी भक्तपुरबाट पक्राउ जनसञ्चार समाचारदाता भक्तपुर, १७ कात्तिक अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत जिल्ला प्रहरी...
विवादित न्यायाधीशहरू माथि निष्पक्ष छानबिन गर्न र इजलासबाट अलगरहनटी आई नेपालको माग
2026-11-02 Comments Off on विवादित न्यायाधीशहरू माथि निष्पक्ष छानबिन गर्न र इजलासबाट अलगरहनटी आई नेपालको माग
विवादित न्यायाधीशहरूमाथि निष्पक्ष छानबिन गर्न र इजलासबाट अलग रहन टीआई नेपालको माग जनसञ्चार समाचारदाता काठमाडौँ, १६ कात्तिक सर्वोच्च अदालतका प्रधानन्यायाधीश...
पींखुकगु नेपालभाषा साहित्य तःमुंज्या: सांस्कृतिक ब्वज्या (प्रतियोगिता) का विजेताहरू घोषणा
2026-11-02 Comments Off on पींखुकगु नेपालभाषा साहित्य तःमुंज्या: सांस्कृतिक ब्वज्या (प्रतियोगिता) का विजेताहरू घोषणा
पींखुकगु नेपालभाषा साहित्य तःमुंज्या: सांस्कृतिक ब्वज्या (प्रतियोगिता) का विजेताहरू घोषणा भक्तपुर, गोमरी: पींखुकगु नेपालभाषा साहित्य तःमुंज्याखलःको आयोजनामा हालै सम्पन्न भएको...
सञ्चारकर्मीमाथिको गिरफ्तारी र प्रशासनिक कार्वाहीप्रति तराई-मधेस लोकतान्त्रिक पार्टीको गम्भीर आपत्ति
2026-11-01 Comments Off on सञ्चारकर्मीमाथिको गिरफ्तारी र प्रशासनिक कार्वाहीप्रति तराई-मधेस लोकतान्त्रिक पार्टीको गम्भीर आपत्ति
सञ्चारकर्मीमाथिको गिरफ्तारी र प्रशासनिक कार्वाहीप्रति तराई-मधेस लोकतान्त्रिक पार्टीको गम्भीर आपत्ति जनकपुरधाम, धनुषा तराई-मधेस लोकतान्त्रिक पार्टीले संवैधानिक निकाय तथा राज्यका संयन्त्रहरूको...














