भक्तपुर विकास सहयाेग सङ्घ र शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बीच सम्झैतापत्रमा हस्ताक्षर कार्य सम्पन्न ।

भक्तपुर विकास सहयाेग सङ्घ र शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बीच सम्झैतापत्रमा हस्ताक्षर कार्य सम्पन्न ।
भक्तपुर विकास सहयोग सङ्घको तर्फबाट शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र,बाँसवारी काठमाण्डाैमा इमर्जेन्सीका विरामीको कुरुवा प्रतिक्षालय बनाउने क्रममा खोपृङ गङ्गालाल बिश्रामस्थल निर्माण हेतु भक्तपुर विकास सहयाेग सङ्घ र गङ्गालाल अस्पताल दुबै पक्ष बीच मिति २०८३ असार १ गते एक लिखित सहमति(MOU) सम्पन्न भयाे । उक्त हस्ताक्षरपत्रमा भक्तपुर विकास सहयाेग सङ्घका तर्फबाट संयोजक एवं सल्लाहकार इ. हरिश्रेणीलाल श्रेष्ठ ज्यूले हस्ताक्षर गर्नुभएको थियाे भने साक्षीमा अध्यक्ष राजु मृगेन्द्र जोशी र महासचिब प्रा.डा.माला मल्लज्यूले हस्ताक्षर गर्नुभएको थियो । त्यसैगरी अस्पतालको तर्फबाट निमित्त प्रमुख डा. रविन्द्र तिमिलाज्यू ले हस्ताक्षर गर्नुभएको थियो भने वहाँको तर्फबाट आर्थिक प्रशासन महाशाखा प्रमुख मनाेज कुमार विष्ट र प्रशासन महाशाखा प्रमुख बिमला आचार्यले साक्षीका रुपमा हस्ताक्षर गर्नुभएको थियो । उक्त महत्वपूर्ण कार्यक्रममा भक्तपुर विकास सहयाेग सङ्का निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षज्यू, बरिष्ठ सल्लाहकारज्यू, सल्लाहकारज्यूहरु, सङघका कार्यसमिति पदाधिकारीज्यूहरु लगायत आर्थिक सहयोग दाताहरुको समेत उपस्थिति रहेको थियो ।
साेही दिन सङ्घका वरिष्ठ सल्लाहकार प्रा.डा. सर्वज्ञ भक्त मल्लज्यू र सल्लाहकार कोमल बदन मल्लज्यू ले प्रतिबद्धता व्यक्त गर्नुभएकाे रु २००००० को चेक समेत हस्तान्तरण गर्नुभएको थियो भने वरिष्ठ सल्लाहकार रत्न सुन्दर सायजू ज्यू को तर्फबाट छोरीहरु तिनजना समेतकाे तर्फबाट आर्थिक सहयोग प्रदान गर्नुभएको थियो।
(समाचार/फाेटाे : सचिव राम सैंजु)