सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।

सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
भक्तपुर, २०८३ शनिबार जेठ १६ गते
यस श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई वित्तीय रुपमा जानकारीको पुन ताजकिरण गराउन सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले संस्थाको तालिम हलमा मिति २०८३ जेठ १६ गते सदस्य शिक्षा शिविर सम्पन्न गरियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष राधेश्याम सुवालले हाल चर्चा परिचर्चा भइरहेको सहकारी अध्यादेश, राष्ट्रिय सहकारी प्राधिकरणबाट जारी निर्देशन, कर्जा सूचना केन्द्र, सहकारी ऐन, कानून सम्बन्धी जानकारी गराउनु भयो । बैंक वित्तीय संघ संस्थाहरुमा भइरहेको वित्तीय संकुचन, आर्थिक संकत, व्यापार व्यवसायमा कमीले गर्दा लगानीमा कमी आएको कुरा व्यक्त गर्नुभयो । सदस्यले नियमित मासिक बचत गर्नुपर्ने र सचेत सदस्यको रुपमा जागरुक भई सहकार्य गर्न समेत अनुरोध गर्नुभयो ।


शिक्षा शिविरमा संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले उपस्थित संस्थाका सदस्यहरुलाई वित्तीय साक्षरता गराउने क्रममा देशमा आम्दानी गर्न सक्ने विभिन्न थरिका व्यवसाय, आम्दानी गर्ने अचुक उपाय, आवश्यक तथा अनावश्यक खर्च छुट्याई बचत गर्ने तरिका, ऋण कसरी लिने र तिर्ने तथा लगानी गर्ने विभिन्न तरिका र त्यसका जोखिमका क्षेत्रहरु पहिचान गर्ने तरिका जानकारी गराउनुको भयो । संस्थाले गर्दै आईरहेको गतिविधिहरु र भावि आउने कार्यक्रमबारे जानकारी गराउँदै सहकारी ऐन अन्तर्गतका सहकारी ऐन २०७४, २०८१, २०८३ मा भएका संशोधित विषयवस्तुलाई ध्यानमा दिई प्रस्तुती दिनुभएको थियो ।
त्यस्तै शिक्षा उपसमितिका सभापति विश्वराम त्वायनाले समापनको क्रममा सदस्यले सदस्यमुखी संस्थाको पहिचान गर्नुपर्ने, सदस्यको जिम्मेवारी निभाइ मासिक नियमित बचत गर्नुका साथै सदस्य अद्यावधिक ९प्थ्ः० अनिवार्य रुपमा गर्न र सकरात्मक सल्लाह सुझाव दिनुहुन समेत अनुरोध गर्नुभएको थियो । सो कार्यक्रममा शिक्षा उपसमितिका सदस्य रवेन्द्र सुवालले उद्घोषण र रोजिस त्वातीले सहभागि सदस्य ३० जनालाई स्वागत गर्नुभएको थियो ।