फुटसलको सेमिफाइनल खेल समापन र शनिबार फाइनल खेल

फुटसलको सेमिफाइनल खेल समापन र शनिबार फाइनल खेल

सत्यराम कासिछ्वा

भक्तपुर, जेठ १४ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद स्मृति खेलमैदानमा संचालन भइरहेको भक्तपुर नगर अन्तर वडाव्यापी फुटसल प्रतियोगिताको सेमिफाइनल खेलहरु बिहिवार सम्पन्न भएका छन् । सेमिफाइनलको पहिलो खेल ग्रुप ए बाट वडा नं ७ को विरुद्ध ग्रुप बी बाट वडा नं २ को खेलमा खेलिएको टिम अन्तर्गत खेलको लिग चरणको समाप्तिसम्म आइपुग्दा ग्रुप ए को वडा नं ७ को १० अंक र वडा नं २ को ६ अंकसहित खेलिएको पहिलो हाफमा वडा नं ७ ले १ तथा दोस्रो हाफमा २ गोल गरि ३ गोल सहित फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलको दोस्रो खेल ग्रुप बी बाट वडा नं ८ को विरुद्ध वडा नं ९ को खेलमा खेलिरहेकाे टिम अन्तर्गत खेलको लिग चरण समाप्तिसम्म आइपुग्दा ग्रुप बी को वडा नं ८ ले १० अंक र वडा नं ९ ले ९ अंक सहित खेलिएको पहिलो हाफमा वडा नं ८ ले २ तथा वडा नं ९ ले १ गोल तथा दोस्रो हाफमा वडा नं ९ को १ गोल तथा मित्रता अनुशासन र स्वास्थ्यका लागि खेल भन्ने नारालाई आत्मसातसहित खेलाईएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई रू.२५ हजार, दोस्रो हुने टिमलाई रू.१२ हजार ५००, उत्कृष्ट गोलकिपर तथा उत्कृष्ट खेलाडीले रू. २ हजार ५०० नगद पाउने आयोजकले जनाएको छ । शनिबार बेलुकी ६ बजे फुटसलको फाइनल खेल हुनेछ ।