इथाचामा प्रदुर्षणको कहरः घरबाटोमै घर, अनि ढल सबै खेतवारीमा !

इथाचामा प्रदुर्षणको कहरः घरबाटोमै घर, अनि ढल सबै खेतवारीमा !
भक्तपुर, असार ६ गते
चाँगुनारायण नगरपालिका वडा नं. ९ वडा कार्यालयले नगर वातावरण समितिको संयोजनमा वातावरणमैत्री वस्ती निर्माणकालागि अनुगमण गरेको छ । ब्रम्हायणी मन्दिर परिसरबाट सुरु भएको सो अनुगमण माठुली, इथाचा र चोलिचा क्षेत्रमा अनुगमण गर्दै घर वस्ती, पसल व्यवसायबाट भइरहेको वातावरण प्रर्दुषण रोकथामकालागि सुझाव दिदै अनुगमण गरेको हो । घर घरबाट आउने फोहरलाई व्यवस्थापन गर्ने, घर आगँनको सरसफाई राख्ने, ढल र नालीको व्यवस्थापन एवं सेप्ती ट्याकीको फोहर पानी नाली र वाटोमा आउन दिन नहुने सहित वातावरण संरक्षणकालागि प्लास्तिक जलाउन नहुने लगायत विभिन्न सल्लाह र सुझाव दिएर ताथलीका जनप्रतिनिधी, वातावरण शाखाका कर्मचारीहरु र सुरक्षा निकायले सो क्षेत्रका वस्तीहरुको अनुगमण गरेका हुन ।
सो अवसरमा ईट्टा भट्टा, चिउरा मिल, पसल व्यवसाय र घर दैलो समेत निरिक्षण गर्दै बाटोमा आउजाउ गर्न असजिलो हुने गरी अन्न नसुकाउन पनि आग्रह गरेका थिए ।
सो अनुगमणमा जन्रप्रतिनिधी रविन्द्र बासुकला, कमला भारती, विद्यापति थापा, सुमित्रा दर्जि, वातावराण अधिकृत सुरेन्द्र लामिछाने, मेहेन्दी प्रकाश सहित नगर प्रहरी र नेपाल प्रहरीको टोलीले वस्ती निरिक्षण तथा अनुगमण गरेको थियो ।
सो अवसरमा स्थानीय जग्गाधनीले इथाचामा चलन चल्तीको बाटोमा घर बनाउन दिएर बस्तीको सेप्टी ट्यांक र ढलको पानी समेत खेतवारीमा खसालेको प्रति अनुगमण टोलीको ध्यानाकर्षण गराएको थियो । घरबाटो बाटै ईटा, सिमेन्ट डण्डी ओसारेर बस्ती बसेपछि घरबाटोमै घर बनाउन दिएर इथाचाको खेती योग्य जमिन र वरपरको वातावरण समेत प्रदुर्षित पारेको प्रति अनुगमण समितिको ध्यानाकर्षण गराएका हुन । बस्ती विकास गरेपछि ढल व्यवस्थापन पनि गर्नुपर्नेमा उल्टै घरबाटोमै घर बनाउन दिएर नगरपालिकाको नक्सा शाखाले गम्भिर गल्ति गरेको स्थानीयको आरोप छ । इथाचा धमलाचा बस्तीबाट बग्ने आकासे पानि देखि घरायसी प्रयोजनका भान्छा, नुहाईधुवाई, सेप्ति टेक्कीको फोहर समेत खेतियोग्य जमिनमा दिनरात छोड्नु, बगाउनु गम्भिर विषय भएको भन्दै चाँगुनारायण नगरपालिका वडा नं. ९, र नगर वातावरण समितिको पटक पटक ध्यानाकर्षण गराउँदा पनि समस्या जुको त्यु रहेको भन्दै जग्गाधनीहरुले आपति जनाएका छन् ।
अनुगमण टोलीले स्थानीयवासी, टोलसुधार समिति र जग्गाधनी बीच छलफल गराउने भन्दै सो क्षेत्रको निरिक्षण गरेको थियो भने स्थानीय जग्गाधनीले घरबाटोमै घर बनाएर नाली खेतियोग्य जमिनमा खसाल्नु गम्भिर गल्ति भएको पुन ध्यानाकर्षण गराएका छन् । गत साल पनि सो क्षेत्रको स्थलगत निरिक्षण गर्दै घर सम्रचनाको अनियमितता नियमित गर्न, फोहरपानी नबगाउन सचेत पारिएको भएपनि सो बस्तीले अतेर गरी फोहर पानी दिनरात खेतियोग्य जमिनमा बगाउँदै आएको छ । स्थानीय घरधनीहरु भने उल्टै आफूहरुको निकास नठुन्न जग्गाधनीहरुलाई धम्याउँदै आएका छन् र त अनुगमण समितिले दिएको निर्देशन विपरित फोहर पानी बगाउँदै आएका हुन् । तपाईहरुले घर बनाउन प्रयोग गरेको बाटो, घरबाटोमा अहिले घर बनिसक्दा पनि केही नबोल्ने अनि खेतियोग्य जमिनबाट ढल बगाउन मिल्छ? भन्दा एकले अर्कोलाई दोस पन्छाउने मात्र गरिरहेका छन् । ति बस्तीका मानिसहरु आफूहरु मात्र होइन सयौं परिवारलाई डेरामा राखेर इथाचा डोलै प्रदुर्षित बनाएको छ ।
टोल सुधार समितिको नाममा घर घरमा घर नम्बर सहित स्टिकर समेत तासेर सदस्यता शुल्क उठाएर इथाचा डोललाई नै प्रदुर्षित बनाउन संरक्षण गर्दै आएको स्थानीयको बुझाई छ । समितिका अध्यक्ष कृष्णराज सुनारले सल्लाह गछौं, सम्झाई दिन्छौं भनेको पनि बर्षो भयो तर इथाचा डोलको प्रदुर्षण जस्ताको तस्तै छ । झन निर्माण सामग्री समेत बग्न दिएर खेतियोग्य जमिनमा बालि उब्जनी नहुने बनाएको छ । टोल सुधार समितिको नाममा प्रदुर्षण फैलाउने कम्पनी बनाएकोमा जग्गाधनीहरुको विरोध छ । २ दर्जन जग्गाधनीहरुले सोको विरोधमा वडाकार्यालयमा निवेदन दिएर ताकेता गरेको पनि वर्षौ बित्यो । शुक्रबार फेरी अनुगमण गरेको छ । बाटोमाा घर बनाएर प्रदुर्षण बढाउने प्लटिङवालालाई दण्ड जरिवाना सहित सजाय हुनुपर्ने गत वर्ष नै माग गरिएको भएपनि त्यसको सुनुवाई समेत गरेको छैन् । यसै गरी अव्यवस्ति वस्ती विस्तार गर्दै प्रदुर्षण बढाउँदै जाने हो भने वस्ती विकासको औचित्य नै रहने देखिन्दैन ।

पछिल्लो चरणमा संसद विकासकोषको तर्फबाट इथाचा देखि ब्रम्हायणी पीठसम्म ढल व्यवस्थित गरेको छ । सोही ढलमा पनि घर घरबाट सेप्ति ट्याकीको फोहर समेत बगाउने कार्यले ब्रम्हायणी पीठ हुँदै हनुमन्ते खोला समेत प्रदुर्षित भइरहेको छ ।