चाँदी जस्तो देखिने अबैध धातु सहित मानिस प्रहरीको नियन्त्रणमा

चाँदी जस्तो देखिने अबैध धातु सहित मानिस प्रहरीको नियन्त्रणमा
भक्तपुर, बैशाख २९ गते
प्रहरीको चेकजाँच गर्नेक्रममा चाँदी जस्तो देखिने अबैध धातु सहित मानिसलाई भक्तपुर प्रहरीद्वारा नियन्त्रणमा लिएको छ । भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली स्थित अस्थायी प्रहरी पोष्ठ ताथली भक्तपुरबाट खटिएको प्रहरी टोलीले नालाबाट सो मानिसलाई पक्राउ गरिएको हो । यसरी पक्राउ पर्नेमा सिन्धुपाल्चोक ईन्द्रवती गाँउपालिका वडा नं। १० घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं। ८ पुलबजार बस्ने वर्ष ३२को राजु स्वेत रहेको भक्तपुर प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक प्रकाश जवेगुले जनाएको छ । घटना विवरण अनुसार ताथली प्रहरी पोष्टबाट खटिएको प्रहरीद्वारा सोमबार साँझ चेक जाँचकोक्रममा सोमबार दिउँसो नालाबाट च्यामासिंह तर्फ आउँदै गरेको प्रदेश ३(०२(०१२ प। ४३६४ नं। को मोटरसाइकल मा सवार राजु स्वेतले बोकेको खैरो लेदरको व्यागमा चाँदीको जस्तो देखिने सेतो धातुको सानो ठूलो गोलाकार भएको १०५ थान, १ केजी ५८८ ग्राम फेला पारी सोधपुच्छ गर्दा निजले कुनै किसिमको कागजातहरु देखाउन नसकेकाले उक्त सेतो धातु बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई प्रहरी वृत्त जगाती भक्तपुरबाट थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी जबेगुले जनाएको छ ।