महिला उद्यमीलाई उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
भक्तपुर ः
भक्तपुरका महिला उद्यमी व्यवसायीलाई लक्षित गरी सञ्चालन गरिएको तीनदिने उद्घोषण तथा भाषणकला तालिम मंगलबार सम्पन्न भएको छ ।
भक्तपुर उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यमी उपसमितिको आयोजनामा गत आइतबारदेखि संघको सभाहलमा तालिम सञ्चालन गरिएको हो । महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्दै उनीहरुको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको आयोजक उपसमितिले जनाएको छ ।
तालिमको समापन कार्यक्रममा संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले कुनै पनि व्यक्ति जीवनमा आर्थिक रुपमा सफल हुन उद्यम गर्नुपर्नेमा जोड दिए । सुरुमा जोखिम र चुनौती भए पनि आफ्नै सीप, सोचलाई प्रयोग गरी निरन्तर प्रयास र मेहनतका साथ लागिपरे उद्यमीहरु सफल हुने उनको भनाइ छ ।
तालिम सञ्चालन गरेकोमा महिला उद्यमी उपसमितिलाई धन्यवाद दिँदै उनले उद्घोषण तथा भाषणकला तालिमबाट महिला उद्यमीहरुलाई आत्मविश्वासी, प्रभावशाली र सक्षम वक्ता बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । तालिममा सिकेका ज्ञान र कला तथा वाककलाले आफ्नो व्यापार व्यवसायलाई प्रभावकारी रुपमा बजारीकरण गर्न, ग्राहकसँग सुमधूर सम्बन्ध बनाउन र सामाजिक तथा आर्थिक रुपमा सशक्त बन्न मद्दत पुगेको उनले विश्वास व्यक्त गरे ।
संघकी निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जाले तालिममा सहभागी महिला उद्यमीहरुलाई आफ्ना विगतका व्यवसायिक अनुभव सुनाउँदै तालिममा सिकेका ज्ञानलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गरिन् । प्रशिक्षिका रश्मि शिल्पकारले महिला उद्यमी व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि तालिममा सहजीकरण गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
कार्यक्रममा संघका सचिव गौतम सुजखू, कार्यसमिति सदस्यद्वय मञ्जिला सुवेदी र सरस्वती कार्कीलगायतले आआफ्नो धारणा राखेका थिए भने प्रशिक्षार्थीहरु सन्ध्या श्रेष्ठ बुद्धाचार्य, रस्मिता बखुन्छें, गीता कार्की बस्नेत, सावित्रा खड्का, गमिना श्रेष्ठ र मन्दिर प्रजापतिले तालिम फलदायी र प्रेरणादायी भएको भन्दै आगामी दिनमा पनि महिला उद्यमीहरुको सीप तथा क्षमता विकास हुने तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्न भक्तपुर उद्योग वाणिज्य संघसँग आग्रह गरे ।
कार्यक्रममा संघका अध्यक्ष न्यौपाने र निवर्तमान अध्यक्ष धौबन्जालाई २७ जना प्रशिक्षार्थी महिला उद्यमीहरुलाई प्रमाणपत्र वितरण गरे ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान भक्तपुर, असोज २९ गते । नेपाल क्रान्तिकारी शिक्षक संघ, वागमती प्रदेश सम्पर्क समितिको आयोजनामा विजया...
विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
भक्तपुर, २८ असोज । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम ४६ आैं नेपाल भाषा साहित्य त:मुज्याका अध्यक्ष एवं ७ नं वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा बज्र बुटिक होटल बालाखूमा बुधबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि उकेश कवाँ ले ४६ आैं तमुज्या बारे बताउँदै दशैको फुर्सदको समय र जनता र समाजको आवश्यकता अनुसार अगाडि बढेको बताउँदै जसरी पदार्थबाट चेतना आए अनुसार समय परिस्थितिको आवश्यकता अनुसार त:मुज्या स्थापना भएको र जनतालाई चेतना दिन र दविएर बसेका तल्लो वर्गका जनतालाई उत्थान गर्न हो भन्नुभयो । उहाँले सत्य बोलेर शुकरातले मृत्यु वरण गर्नुपरेको बताउनुभयो । उहाँले प्रकृतिले दिए अनुसार हाइड्रोपावरको विकास गरे रोजगारी सृजना गर्ने तर प्रकृति प्रकोपले हाइड्रोपावरमा क्षतिले यसमा पनि पुनः विचार गर्नुपर्ने साथै पृथ्वीमा बढेको तापक्रमले हिम पहिरोले हिमाल नष्ट हुने भएकोले आैधोगिकरणले आएको प्रदुषणले भएकोमा यसबाट अमेरिका भागेको तर चीन यसबारे सचेत रहेको बताउनुभयो । उहाँले डाटा सेन्टरले नेपालले भन्दा ठुलो देशले फाइदा लिने तर नेपालको सुचना लिने भएकोले देशको हित नहुने देखिएको बताउनुभयो । अहिलेको सरकार ३५ बर्ष शासन गरेको पुरानो सरकार वीच तात्विक भिन्नता नभएको बताउँदै जसरी अमेरिकाले तेलको लागि भेनेजुयलाका मादुरो जसरी अपहरण गरे त्यसरी नै नेपालमा अमेरिकी कथपुतली सरकार बनाएको भन्नुभयो । उहाँले यो सरकारले स्वास्थ्य विमा र शिक्षकलाई दशै खर्च समेत दिन नसकेकोबाट स्पष्ट भएको बताउँदै सिध्दान्त र विचारको बाटो नभएको व्यक्ति गन्तव्य नपुग्ने बताउनुभयो । उहाँले विगतमा ठुला दलले एनजीओबाट कार्यकर्ता पालेकोले देशले आजको स्थिति भोग्नुपरेको बताउनुभयो । कार्यक्रमका सभापति भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले शुभकामना दिँदै दशैंलाई भाैतिकवादी दृष्टिकोणले मनाउन अनुरोध गर्नुभयो । उहाँले दशैंजस्तो परम्परागत चाडलाई मार्क्सवादी दृष्टिकोणबाट हेर्दा, यो चाडको सामाजिक, आर्थिक र वर्गीय पक्षलाई बुझ्न आवश्यक हुन्छ भन्नुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले धर्म, परम्परा, र सांस्कृतिक अभ्यासहरूलाई वर्गसंघर्षको सन्दर्भमा विश्लेषण गर्नुपर्छ भन्नुभयो । उहाँले दशैं चाड सामन्ती परम्परा र पितृसत्ताको प्रतिनिधि हुने र आर्थिक शोषण र उपभोगवादलाई बढावा दिँदा गरिब तथा मजदुर वर्ग ऋण लिएर पनि चाड मनाउँछन्, तर धनी वर्गले उपभोगवादको रमाइलो गर्छन् भन्नुभयो । उहाँले दशैंलाई अन्धविश्वासको धार्मिक सस्कारलाई चिरेर जानुपर्ने बताउनुभयो । उहाँले दशैंलाई पुरानै ढंगले नमनाई यसको सामाजिक न्याय र समानताको सन्देश दिने गरि मनाउनु पर्ने बताउनुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले दशैंलाई सांस्कृतिक पुनर्संरचना गर्ने अवसरका रूपमा प्रयोग गर्न र धार्मिक अन्धविश्वासको स्थानमा वैज्ञानिक सोच, वर्गीय चेतना, र समानतामूलक समाजको निर्माणको अवसरमा मनाउन अनुरोध गर्नुभयो । उहाँले बागमती प्रदेश बक्सिङ संघले दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कार्तिक ९ देखि १२ गतेसम्ममा खेलाडी छनाैट गर्ने निर्णय भएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गाैतम सुजखुले स्वागत मन्तव्य राख्दै कार्यक्रमको आैचित्यता वारे प्रकाश पार्नुभयो भने कार्यक्रम सचिव साजन लघुले संचालन गर्नुभयो ।
दशैंमा बजार अनुगमन
2026-10-15 Comments Off on दशैंमा बजार अनुगमन
दशैंमा बजार अनुगमन भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुकुलढोका रहेको पसलहरुमा बजार अनुगमन...
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
2026-10-14 Comments Off on गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण नवलपरासी । नवलपरासीको पवित्र तीर्थस्थल त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा...
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
2026-10-14 Comments Off on कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान २५ आश्विन, भक्तपुर। मुक्ति संगीत प्रशिक्षण केन्द्र, भक्तपुरको आयोजनामा सुर्यविनायक नगरपालिका–८, रानीकोटस्थित भिलेज...











