जय भिमसेन साकोसले गर्यो आज खुल्ला रक्तदान

जय भिमसेन साकोसले गर्यो आज खुल्ला रक्तदान
भक्तपुर, चैत्र २३ गते
जय भिमसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको युवा तथा खेलकूद उप समितिले आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र भक्तपुरको प्राविधि सहयोगमा गोल्मढी भक्तपुरमा आयोजना गरेको थियो । सो रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको संस्थाले जनाएको छ । रक्तदाताहरुलाई आजै संस्थाले प्रमाण पत्र सहित धन्यवाद ज्ञापन गरेको छ । उपचारमा रहेका विरामीहरुलाई सहज रुपले रगत उपलब्ध गराउन जय भिमसेन साकोसले सामाजिक उत्तरदायित्व बहन गर्दै आज रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष दसबहादुर मानन्धरले जनाएको छ ।