वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
काठमाडौँ, २३ वैशाखः वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ः०० बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७ मा झरेको छ, जुन ‘राम्रो’ अर्थात् स्वस्थ श्रेणीमा पर्दछ । केही साताअघि विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको काठमाडौँ हाल सुधार हुँदै ६६औँ स्थानमा झरेको छ । एक्युआई मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । गत वैशाख १० गते उपत्यकाको वायु गुणस्तर सूचकाङ्क २४७ सम्म पुगेको थियो, जुन ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम देखिएको थियो । विज्ञहरूले त्यसबेला प्रदूषणको उच्चस्तरले श्वासप्रश्वाससम्बन्धी समस्या बढाउने चेतावनी दिएका थिए । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयसम्म वर्षा नहुँदा धुलो, धुवाँ र डढेलोबाट उत्पन्न प्रदूषण वायुमण्डलमा थुप्रिने गर्दछ । “सुक्खा मौसममा वन डढेलो बढ्ने र त्यसबाट निस्किएको धुवाँ उपत्यकामा थुनिने भएकाले प्रदूषण उच्च हुन्छ”, उहाँले भन्नुभयो, “छिमेकी मुलुक भारतबाट आउने प्रदूषित हावाले पनि काठमाडौँको वायु गुणस्तरमा असर पार्ने गरेको छ ।” उहाँले वर्षासँगै धुलो र धुवाँ पखालिने तथा हावाको बहाव बढ्ने भएकाले वायु गुणस्तर सुधार हुने बताउनुभयो । साथै, दीर्घकालीन रूपमा प्रदूषण नियन्त्रण गर्न दिगो र वातावरणमैत्री विकासका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको उहाँको जोड छ । हालको सुधारले उपत्यकावासीलाई केही राहत दिएको भए पनि विज्ञहरूले प्रदूषण नियन्त्रणका स्थायी उपायमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
Featured Posts – Style 1
भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लब
2026-08-09 Comments Off on भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लब
भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लबकाठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेको भन्दै क्लबका सञ्चालक...
ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्मा
2026-08-08 Comments Off on ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्मा
ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्माभक्तपुर, श्रावण २३ गतेभक्तपुर प्रहरीले एलपी ग्यासमा कालो बजारी गरेका भन्दै व्यवसायाीलाई नियन्त्रणमा लिएको छ...
तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’
2026-08-08 Comments Off on तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’
तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’ भक्तपुर, २२ साउन । चाँगुनारायण नगरपालिका–९, ताथलीको सौडोलको खगां टोलमा विगत करिब तीन...
चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त
2026-08-08 Comments Off on चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त
चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त काठमाडौं, साउन २४ चार दशकदेखि नेपाली रंगमञ्चमा सक्रिय रंगकर्मी जीतबहादुर...
मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि
2026-08-07 Comments Off on मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि
मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि(रमेश गिरी)भक्तपुर, २२ साउन । मध्यपुर...













