जन्मदिनमा काटिएको केकसँगै बालबालिकाको भविष्य पनि काटिन्छः डाक्टर उप्रेतीको चेतावनी

जन्मदिनमा काटिएको केकसँगै बालबालिकाको भविष्य पनि काटिन्छः डाक्टर उप्रेतीको चेतावनी
भक्तपुर, माघ ७ गते
बजारीया चाउचाउ, मःम, जंफुडले बालबालिकाको जीवन धरापमा पारेको उल्लेख गर्दै डा.अरुणा उप्रेतिले आफ्नो संस्कृति पनि बच्ने स्वस्थ पनि हुने घरमै पाकेको खाना खाजा खाने ब्यवहार सुधार्न आम समुदायमा आग्रह गरेकी छिन् । तीन दिने स्टुडेन्ट्स बुक फेयरमा प्रस्तोता सर्मिला गाईजूसँग अन्तरसम्बाद गर्र्दै डा.उप्रेतीले बालबालिकालाई माया गरेर, भोकै नपरोस भनेर घरमै पकाउने समय नमिलेको भनेर बजारीया खानेकुरामा अभिभावकहरुले प्रस्तोहित गर्दा बाल स्वास्थ्यमा मात्र नभई बालबलिका र परिवारकै भविष्य चकनाचुर भइरहेको बताउनु भयो । जन्मदिनमा केक काटेर केकमा रहेको सुगर खाएर सुगर, ब्लडपेसर अनि हटअट्यक हुने गरी खुसियाली मनाउनु भन्दा गाउँघरमै पाइने गहुँ जहुँ, कोडो, फापरकै रोटि खाने बानि स्वस्थ्यकर हुने डा.उप्रेतीले जोड दिए । बजारीया खानाले मानिसको टौल बढाउने, टौल बढेपछि सुगर, पेसर बढेर हुदयघाटसम्म हुने गरेको घटना बढ्न थालेको उल्लेख गर्दै यसले मानिसको स्मरण शक्ति समेत हराउदै जाने अल्जाइमरसम्मका रोगी बढ्न थाल्नु बिडम्बनापूर्ण छ उहाँले बताउनु भयो ।
सन्तुलित आहारबिहारले शताब्दी पूरुष सत्य मोहन जोशीको जीवन जस्तै सय बर्ष नाघ्दा पनि हिलडुल गर्न सक्षम हुने छ भन्दै डा.उपेतीले विकसित भनिएको देश अमेरिकाका ६० प्रतिशत जनता बजारीया खाने संस्कारकै कारण कुनै न कुनै रोगबाट ग्रसित भएको तथ्य प्रस्तुत गर्नु भयो । विकसित राष्ट्रको बजारीया खाने संस्कारको नक्कल गर्नु भन्दा यहाँ योमरी, चतामारी, सम्यबजी खानु धेरै स्वस्थकर रहेको बताउँदै बालबालिकालाई कलिलै रोगी बनाउने काम अभिभावककै कमजोरीले भइरहेका भन्दै बेलैमा अभिभावले आफ्नो बालबालिकाको भविष्यका लागि खानपिनमा ध्यान दिन आग्रह गर्नु भयो । ध्यान दिन सकेन भने डा. उप्रेतीले भन्नु भयो, जन्मदिनमा काटिएको केकसँगै बालबालिकाको भविष्य पनि काटिन्छ ।