भक्तपुर, ७ बैशाख
भक्तपुरका उद्यमी ब्यवसायीहरु थप २५ हजार मेडिकल मास्क बितरण गर्ने तयारीमा छन् । भक्तपुर उद्योग बाणिज्य संघको बस्तुगत संघ संस्था, भक्तपुरका विभिन्न अस्पताल, नगरपालिकाहरुमा २० हजार मास्क वितरण पश्चात आवश्यक भएको ठाउँमा वितरणका लागि थप २५ हजार मास्क ब्यवस्थापन गरी रहेको संघका उपाध्यक्ष रोशन भ्योद्यले बताएका छन् । आइतबार मात्र पनि भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकालाई एक । एक हजार मास्क, महानगरीय प्रहरी परिसर र भक्तपुर अस्पताललाई ५। ५ सय वटा मास्क र भक्तपुर अस्पताललाई ५ वटा पीपीई सेट बितरण गरेको भन्दै उपाध्यक्ष भ्योद्यले उद्यमी ब्यवसायीहरुको तर्फबाट सहयोग संकलन गर्दै राहात वितरणको तयारी समेत भइरहेको बताएका छन् । भक्तपुरका न्यूनआय भएका समुदाय लक्षित राहात वितरणका लागि बरिष्ठ उपाध्यक्ष शिव मानन्धरले योजना बनाइरहेको र आफूलाई विविन्न उद्यमी तथा समाजसेवीहरुले राहात वितरणका लागि सहयोग गर्न इच्छा ब्यक्त गरीरहेको उहाँले बताएका छन् । एकद्धार प्रणालीबाट राहात वितरण गर्न स्थानीय तह र वडा कार्यालयसँग समन्वय हुन नसक्दा कतिपय राहात वितरण थालेका समाजसेवी प्रति आलोचना भइरहेकोले उद्यमी र व्यवसायी तथा समाजसेवीहरुको तर्फबाट राहात वितरणका लागि योजना बनाउन आवश्यक थानेको उहाँले बताए । कम्तिमा एउटा वडालाई पुग्ने गरी राहात वितरण गर्ने तयारी गर्नुपर्छ उपाध्यक्ष भ्योद्यले जनाए ।
लक डाउनको समयाबढी बढेसँगै टोल टोलमा राहात माग गर्नेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको विवरण पनि आफूलाई आइरहेको भन्दै उपाध्यक्ष भ्योद्यले लक डाउनको समयमा उद्योग सञ्चालन गर्न नसके पनि उद्यमी व्यवसायीहरुको सहयोगबाट उल्लेखनीय राहात वितरणका लागि पनि जिल्ला प्रसाशन, प्रहरी कार्यालय र विभिन्न नगरपालिकाका जनप्रतिनिधीहरुसँग समन्वय भइरहेको बताए । उद्यमी ब्यवसायीहरुको तर्फबाट आफै राहात वितरण गर्ने भन्दा पनि स्थानीय तहका जनप्रतिनिधीहरुसँग समन्वय गरी राहात वितरण गर्नु उपयुक्त हुने उहाँको थम्याइ छ । जिल्ला छोडेर जानेहरु बाटोमा अलपत्र परेको खवरहरु सुन्नमा आउँदा बाटोमा खाना र राहातको व्यवस्था गर्नुपर्ने जस्तो देखिन्छ उपाध्यक्ष भ्योद्यले भने तर बाटोमा खुल्ला खाना थप जोखिम युक्त हुन्छ त्यसैले बाटोमा प्याकिंग खाजा, खाना वा उपयुक्त राहात वितरण गर्न सकिनेमा ध्यान गइरहेको र संघका पदाधिकारीहरु बीच यस बारे छलफल समेत भइरहेको उहाँले बताएको छ ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...













