भक्तपुर, ७ बैशाख
भक्तपुरका उद्यमी ब्यवसायीहरु थप २५ हजार मेडिकल मास्क बितरण गर्ने तयारीमा छन् । भक्तपुर उद्योग बाणिज्य संघको बस्तुगत संघ संस्था, भक्तपुरका विभिन्न अस्पताल, नगरपालिकाहरुमा २० हजार मास्क वितरण पश्चात आवश्यक भएको ठाउँमा वितरणका लागि थप २५ हजार मास्क ब्यवस्थापन गरी रहेको संघका उपाध्यक्ष रोशन भ्योद्यले बताएका छन् । आइतबार मात्र पनि भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकालाई एक । एक हजार मास्क, महानगरीय प्रहरी परिसर र भक्तपुर अस्पताललाई ५। ५ सय वटा मास्क र भक्तपुर अस्पताललाई ५ वटा पीपीई सेट बितरण गरेको भन्दै उपाध्यक्ष भ्योद्यले उद्यमी ब्यवसायीहरुको तर्फबाट सहयोग संकलन गर्दै राहात वितरणको तयारी समेत भइरहेको बताएका छन् । भक्तपुरका न्यूनआय भएका समुदाय लक्षित राहात वितरणका लागि बरिष्ठ उपाध्यक्ष शिव मानन्धरले योजना बनाइरहेको र आफूलाई विविन्न उद्यमी तथा समाजसेवीहरुले राहात वितरणका लागि सहयोग गर्न इच्छा ब्यक्त गरीरहेको उहाँले बताएका छन् । एकद्धार प्रणालीबाट राहात वितरण गर्न स्थानीय तह र वडा कार्यालयसँग समन्वय हुन नसक्दा कतिपय राहात वितरण थालेका समाजसेवी प्रति आलोचना भइरहेकोले उद्यमी र व्यवसायी तथा समाजसेवीहरुको तर्फबाट राहात वितरणका लागि योजना बनाउन आवश्यक थानेको उहाँले बताए । कम्तिमा एउटा वडालाई पुग्ने गरी राहात वितरण गर्ने तयारी गर्नुपर्छ उपाध्यक्ष भ्योद्यले जनाए ।
लक डाउनको समयाबढी बढेसँगै टोल टोलमा राहात माग गर्नेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको विवरण पनि आफूलाई आइरहेको भन्दै उपाध्यक्ष भ्योद्यले लक डाउनको समयमा उद्योग सञ्चालन गर्न नसके पनि उद्यमी व्यवसायीहरुको सहयोगबाट उल्लेखनीय राहात वितरणका लागि पनि जिल्ला प्रसाशन, प्रहरी कार्यालय र विभिन्न नगरपालिकाका जनप्रतिनिधीहरुसँग समन्वय भइरहेको बताए । उद्यमी ब्यवसायीहरुको तर्फबाट आफै राहात वितरण गर्ने भन्दा पनि स्थानीय तहका जनप्रतिनिधीहरुसँग समन्वय गरी राहात वितरण गर्नु उपयुक्त हुने उहाँको थम्याइ छ । जिल्ला छोडेर जानेहरु बाटोमा अलपत्र परेको खवरहरु सुन्नमा आउँदा बाटोमा खाना र राहातको व्यवस्था गर्नुपर्ने जस्तो देखिन्छ उपाध्यक्ष भ्योद्यले भने तर बाटोमा खुल्ला खाना थप जोखिम युक्त हुन्छ त्यसैले बाटोमा प्याकिंग खाजा, खाना वा उपयुक्त राहात वितरण गर्न सकिनेमा ध्यान गइरहेको र संघका पदाधिकारीहरु बीच यस बारे छलफल समेत भइरहेको उहाँले बताएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













