निर्वाचन बारे पत्रकार अन्तरक्र्रिया, समाचार कक्ष स्थापनाको माग
भक्तपुर, फागुा १५ गते
फागुण २१को निर्वाचनकालागि भक्तपुर जिल्लामा पनि अन्तिम तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । आज भक्तपुरका पत्रकारहरुसँग अन्तरक्रिया गर्दै निर्वाचनको तयारी र आँचारसहिता तथा पत्रकारहरुको भूमिका बारे अन्तरक्रिया गरेका छन् । जिल्ला निर्वाचन अधिकारी प्रकाश मगरले प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ जिल्लास्थित क्रियाशिल सञ्चारमकर्मीहरुसँग अन्तरक्रिया एवं छलफलका विषयहरुको प्रस्तुती पश्चात भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लामा सहज र शान्ति पूर्णरुपमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनेको बताएका छन् । निर्वाचन कार्यक्रमहरु समेत दलहरु बीच आपसी समझदारीमा भइरहेकाले निर्वाचन शान्तिपूर्ण रुपमा हुनेमा आफुहरु विश्वस्थ रहेको भन्दै उहाँले निर्वाचनलाई व्यवस्थितरुपमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्नुका साथै जनशक्ति परिचालन समेत भएको बताउनु भयो । सुरक्षा निकाय र अतिआवश्यक सवारी पासको व्यवस्था समेत जिल्ला प्रशासन कार्यालयले गर्ने भए पनि पत्रकारहरुकालागि पास लिन सूचना विभागको सिफारिसमा निर्वाचन आयोगको पास आवश्यक हुने बताएका थिए भने जिल्लाका मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जिल्लामा निर्वाचन आयोजना गर्न आवश्यक मतपत्रसहित सामग्री आईपुगेको उल्लेख गर्दै मतपत्रहरुको रुजु कार्य भइरहेको जनाएको छ ।
सो अवसरमा पत्रकारहरुको तर्फबाट जिल्लाको निर्वाचनको समाचार संकलन गर्न मतगणना हुने स्थलहरुमा समाचार कक्ष स्थापना गर्नुपर्ने, मत गणना सहित निर्वाचन सम्बन्धि रिपोर्टीगकालागि कुनै पनि बाधा अर्चन सृजना गर्न नहुने तथा निर्वाचनमा खतिने प्रहरीको बोली व्यवहार सिष्ट हुनुपर्ने तथा भक्तपुरका क्रियाशिल पत्रकारहरुलाई रिपोर्टिगका लागि जिल्लाबाटै पासको व्यवस्था गर्नुपर्ने तथा रिपोर्टिगमा हिडेका पत्रकारहरुलाई कुनै पनि बाहानामा रिापोटिङ्ग गर्न रोक्न नहुने बताएका थिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी ढकालले पासकालागि आवश्यक सहजिकरण गरिदिने भन्दै निर्वाचन सफल पार्न पत्रकारहरुको भूमिका प्रशसनीय हुने धारणा राखेका थिए । सो अवसरमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता थियो । यसै बीच भक्तपुर जिल्लाको निर्वाचनको तयारी बारे नेपालप्रहरीका उच्चस्तरीय प्रहरी अधिकृतहरुको टोलीले आज जिल्लाको निर्वाचनको तयारी बारे स्थलगन निरिक्षण गरेका छन् ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...













