नेमकिपाको निर्वाचन घोषणा पत्र सार्वजनिक, समाजबादी प्रचारकालागि मादलमा मतदान गर्ने आह्वान
काठमाण्डौ, फागुण ३ गते
देश र जनताको निःस्वार्थ सेवा गरौं, समाजवादी प्रचार अभियान अगाडि बढाऔं, मादल चिन्हमा छाप लगाऔं उद्घोषका साथ नेपाल मजदुर किसान पार्टीले प्रतिनिधी सभा निर्वाचन घोषणा पत्र २०८२ आज सार्वजनिकीकरण गरेको छ । पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले आज काठमाण्डौमा घोषणा पत्र सार्वजनिकीकरण गर्दै समाजबाद र पूजीवादको भिन्नता छुटाउन, जनतामा समाजबादी गणतन्त्र बारे व्यापक सचेतना दिन नेमकिपा चिर्वाचनमा होमिएको बताउनु भयो । पूजीवादी व्यवस्थामा धनी झन झन धनि हुँदै जाने र गरिव जनता बाँच्नै नसक्ने गरी शोसित हुने भएकाले बर्गीय चेतना जगाउन पनि निर्वाचनको उपयोग गरेको उहाँले बताउनु भयो । नेमकिपा कामदार बर्गको पक्षमा रहेको, योग्यता अनुसारको काम र काम अनुसारको ज्यालाको बन्दोवस्तीकालागि सडक देखि सडनमा लड्दै आएको उल्लेख गर्दै अध्यक्ष विजुक्छेंले आफूलाई कम्युनिष्ट भन्ने पटक पटक सरकारमा गएर पनि समाजबादी राज्य व्यवस्थाकालागि काम नगर्ने कम्युनिष्ट नामका पार्टी, नेताहरु कम्युनिष्ट नभएको प्रष्ट पार्नु भयो ।
https://www.facebook.com/janasanchartelevision/videos/1432664441835678
विश्वको इतिहासमा ५३ प्रतिशत सांसदहरु धांकधम्की, पद् पैसाले जित्दै आएको र नेपालमा पनि यस्तै भइरहेको उल्लेख गर्दै अध्यक्ष विजुक्छले जेन्जी आन्दोलनको कारण आएको फागुण २१को निर्वाचनमा जेनजीका भ्रष्टाचार मुक्त, सुशासनयुक्त सरकारको माग जायज भएपनि विदेशी शक्तिको इसारामा देश ध्वष्त पार्ने विध्वस, आगजनी खेड्पूर्ण कार्य भएको बताउनु भयो । साथै उहाँले नेमकिपाको मादल चिन्हमा व्यापक जनताले मतदान गरी जिताए्र पठाएमा प्रस्तुत घोषणा पत्र अनुसार काम गर्ने प्रतिबधता व्यक्त गर्नु भयो । नेमकिपा युवाहरुले योग्यता अनुसार काम पाउने, बेरोजगार भएमा जिल्लाका सिडियोलाई रोजगारकालागि आग्रह गर्न सकिने र पनि रोजगारी पाएन भने संबैधानिक व्यवस्था अनुसार अदालत गएर पनि रोजगार सुनिश्चित गर्ने पक्षमा रहेको अध्यक्ष विजुक्छेले बताउनु भयो ।
सो अवसरमा पार्टीका सचिव एवं भक्तपुर निर्वाचन क्षेत्र १का उम्मेदवार प्रेम सुवालले अध्यक्ष विजुक्छेद्वारा सार्वजनिकीकरण भएको निर्वाचन घोषण पत्र बाचन गरेर सुनाउनु भयो । आवरण सहित २८ पृष्ठको निर्वाचन घोषणा पत्र २०८२मा नेमकिपाको स्थापना, देश र जनताको निःस्वार्थ सेवा गर्न २०३१ साल माघ १० गते भएको उल्लेख गर्दै स्थापनाकाल देखि पार्टीले किसान आन्दोलन, देशको सार्वभौमिकता रक्षा आन्दोलन र साम्राज्यवाद विरोधी आन्दोलनको नेतृत्व गर्दै आएको उल्लेख छ । निर्वाचन जनतालाई राजनीतिक रुपले शिक्षा दिने बृहत्त कक्षा जस्तै हो । निर्वाचन आमूल परिवर्तनको संकेत दिने एक ब्यारोमिटर पनि हो, जारी घोषण पत्रमा भनिएको छ ।
घोषणा पत्रले आजको अन्तर्राष्ट्रिय परिस्थिति बारे पनि चर्चा गरेको छ । कुनै ठाउँको हावापानीको प्रभाव त्यहाँको घर र कोठामा परेजस्तै अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव नेपालको राजनीतिक तथा आर्थिक परिस्थितिमा पर्दै छ भन्दै भेनेजुयलामाथि हमला पश्चात ट्रम्प प्रशासनले ल्याटिन अमेरिकाको समाजवादी देश क्युवा माथि नाकाबन्दीलाई झन् कठोर बनाएको, रङ्गीन क्रान्तिको आवरणमा अमेरिकी साम्राज्यवादले संसारका विभिन्न देशमा सत्तापलट गरी जंगली राज गरेको उजागर गरेको छ ।
संसदलाई जीवन्त र ब्यवहारिक बनाऔं भन्दै सचिव सुवालले प्रस्तुत घोषणा पत्रमा शासक दलहरुले गणपूरक संख्या पुर्याएर पनि छलफलको आवश्यकतालाई अस्वीकार गर्दै विधेयकको पक्ष र विपक्षमा हुन्छ र हुँदैन भन्न लगाएर कानुनी रीत मात्रै पुर्याएर काम गरेको भन्दै संसदलाई हाजिर गरेर भत्ता पचाउने थलो, रातो राहदानी बेच्ने कार्यालयर सहुलियत खोज्नेहरुको संस्था जस्तो मात्र बनाएको उल्लेख छ ।
संसद सस्यले एउटा कुनै निर्वाचन क्षेत्रको मात्रै प्रतिनिधीत्व गर्ने होइन उनी जिल्ला सभापति र कुनै नगरको मेयर होइन, देशकै नीति निर्माणका प्रतिनिधी हुन, घोषणा पत्रमा उल्लेख छ ।
नेमकिपाले आज प्रस्तुत गरेको घोषणा पत्रमा नेपालको खोटपूर्ण पराष्ट्र नीतिका रुपमा नेपाल विश्व शान्तिको पक्षमा दृढतापूर्वक उभिदै आमविनाशकारी आणविक अस्त्रशस्त्रको होडबाजीको पक्षमा नउभिनु नै देशको हितमा हुने जनाएको छ ।
यसै बीच उद्योग र रोजगारीसँग जोडिएको महत्वपूर्ण विषय कृषि भएपनि लाखौं नेपाली युवालाई विदेश पठाउँदा देशको कृषि अर्थतन्त्रमा बज्रपात भयो, घोषणा पत्रका उल्लेख छ । शिक्षा र स्वास्थ्यलाई पूर्ण विकेन्द्रित गरौं भन्दै नमकिपाको निर्वाचन घोषणा पत्रमा शिक्षालाई उत्पादन श्रमसँग मिलाउने नीति लिएको खण्डमा, प्रवेशिका वा माथिल्ला तहमा प्राविधिक शिक्षाको बन्दोबस्त गरेमा नेपाली युवाहरुले आफ्नौ देशमा आ अआफ्नो अध्ययन अनुसार काम पाउने, घर खेत बेचेर बैदेशिक रोजगारीको नाममा विदेशी पूँजीको सेवा ग्र्नुपर्ने थिएन भनै सुशसंस्कृत समाज निर्माणको लागि विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्व विद्यालय शिक्षा निःशुल्क हुने कानुनी ब्यवस्था जरुरी छ भनिएको छ ।
स्वास्थ्य क्षेत्रमा संघीय राज्यको सिद्धान्त अनुसार केन्द्रीय सरकारले देशको पूर्व, पश्चिम र मध्य भूभागमा विशेषज्ञ सेवा दिन सक्ने तीनबाट अस्पताल र मेडिकल कलेजको बन्दोबस्त गर्ने तथा हरेक प्रदेशले एक.एक स्तरीय उपचारको निम्ति प्रादेशिक अस्पतालहरु सञ्चालन गर्ने साथै हरेक नगरपालिकाले एक एक वटा नगर अस्पताल सञ्चालन गर्ने अनि गाउँपालिकाले भूगोल अनुसार स्वासथ्य केन्द्रहरुको बन्दोवस्त गर्नु आवश्यक भएको जनाएको छ । यातायात र सञ्चारमा २०४८ साल देखिको निर्वाचन घोषणा पत्र मार्फत दुर्गम क्षेत्रहरुमा रोपवे, केबुलकार र सुरुङ्ग मार्ग, रेल मार्ग अवलम्न गर्नुपर्ने बारे सरकारको ध्यानार्षण गराउँदै आएको जनाए । वातावरणीय, आर्थिक तथा नागरिक स्वास्थ्यको कोणबाट समेत हेर्दा साइकलको प्रयोगमा नागरिकहरुलाई उत्साहित गर्नु सान्दर्भिक हुने घोषणा पत्रमा लेखिएको छ।
काठमाण्डौ केन्द्रित विकास भन्दा देशभर सन्तुलित विकासको खाँचो औल्याउँदै प्रस्तुत घोषणा पत्रमा नेपाल जनताले खानेपानी सिँचाईको निम्ति पानी, बस्तीहरु सफा गर्ने, पान,ी विजुली उद्योगको लागि आवश्यक पानी पूरा गर्ने साधनको रुपमा पाउने चर्चा गर्दै पैसा, उपहार र पदको लोभमा विदेशी दलाली कुनै नेपालीले नगरुन भनी हामी सबैलाई सचेत पार्न चाहन्छौं, घोषणा पत्रमा भनिएको छ । गरिबी निवारण तथा सहकारीको ठगी, भ्रष्ट्राचार र समाधान बारे पनि घोषणा पत्रले बोलेको छ । नेपालीलाई नेपालको नागरिकता दिनु जरुरी हुन्छ तर जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने कानुनी व्यवस्था खारेज गरी देशको सार्वभौमिकता रक्षामा जोड दिएको छ।
सस्वास्थ्य वीमा र सामजिक सुरक्षा भत्ता, न्यायालय, आयोग, सेना, प्रहरीका मुख्य पद निर्वाचन गराऔं भन्दै घोषणा पत्रमा देशको सन्तुलित विकास गराऔं भनेका छन् । सुन्दर भविष्य र सुशासनको लागि नेमकिपाको अवधारणा प्रस्तुत गर्दै संघ, प्रदेश र स्थानीय तह, देशको आर्थिक विकास , जलवायु परिवर्तन र नविकरणयी उर्जा, महिला अधिकार, युवा खेलकूद र प्रविधि तथा संविधान संशोधन बारे पनि नेमकिपाको धारणाहरु प्रस्तुत भएका छन् ।














