भक्तपुर, बैशाख ३ गते
भक्तपुर उद्योग वाणिज्य संघमातहतका बस्तुगत संघ संस्थाहरुलाई बुघबार मेडिकल माक्स वितरण गरेको छ । विषयगत संघ संस्थाले आफू मातहतका उद्यमी व्यवसायीहरुमा कोरना भाइरसको जोखिम न्यूनिकरणका लागि सो मास्क वितरण गरिएको संघका उपाध्यक्ष रोशन भ्योद्यले बताएका छन् । १० हजार माक्स विषयगत संघ संस्थाका प्रतिनिधीलाई वितरण गरेको र वाँकी १० हजार भक्तपुरका विभिन्न अस्पताल, सुरक्षा निकायहरु, ४ वटै नगरपालिकाहरुमा वितरण गर्ने तयारी भएको उनले बताए । भक्तपुर उद्योग वाणिज्य संघ, भक्तपुर क्याटरिग संघ र त्रिनेत्र वचत तथा ऋण सहकारी संघ लिमिटेड लगायत विभिन्न सहयोगी हातहरुको सौजन्यमा ती मास्कहरु वितरण गरिएको हो । बस्तुगत संघ संस्थाका पढाधिकारीहरुलाई मास्क वितरण गर्दै संघका अध्यक्ष प्रदिप श्रेष्ठले संकतकालिन अवस्थामा भक्तपुरका उद्यमी व्यवसायी सामाजिक उत्तरदायित्व बहन गर्दै सेवा प्रवाह गर्दा आफू पनि सुरक्षित भएर परिचालन हुन मास्कको प्रयोग अनिर्वाय भएको बताउनु भयो । उहाँले संघको तर्फबाट लकडाउनको समयमा बजार व्यवस्थापन, राहात वितरण, अस्पताल निरिक्षण लगायतका क्षेत्रमा समन्वयकारी भूमिका खेल्दै आएको जनाउनु भयो । उहाँले भक्तपुरका उद्यमी ब्यवसायीसँग भक्तपुरका लागि चाहिने खाद्यान्न ४ महिनालाई पुग्ने गरी स्टोरमा राखिएको पनि बताउनु भयो ।

संघका बरिष्ठ उपाध्यक्ष शिव मानन्धरले ब्यवसायीहरुले चाहेर पनि नियन्त्रण गर्न नसकिने गरी बजार मूल्यमा केही बृद्धि भएकोलाई कालो बजारी, मूल्यबृद्धि भएको भन्न नमिल्ने विचार राख्नु भयो । बजार राम्रोसँग खुल्न नसक्नु, माग बढ्नु तथा मजदुरको अभावले गर्दा मूल्यबृद्धि भएको उहाँको भनाई छ । भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष विरेन्द्र जतिले दैनिक आवश्यक खाद्यान्न सामग्रीहरु स्थानीय जनप्रतिनिधीहरुको माग अनुसार घरदैलोमै वितरणको ब्यवस्था गरि आएको बताउनु भयो । बजारको पहुँ नपुगेका स्थानका समुदायले दाल, चालम, टेलको माग गर्दै आएको बताउनु भयो । भक्तपुर क्याटरगि ब्यवसायी संघका अध्यक्ष पृथ्वीकुमार प्रजापतिले लक डाउनले गर्दा भक्तपुरमा रहेका ४० वटा पार्टी प्यालेस, २० भन्दा बढी क्याटरिगका ब्यवसायी र मजदुरहरु बेरोजगार रहेको उल्लेख गर्दै पार्टी प्यालेसलाई क्वारेन्टाइनको रुपमा विकास गर्न पनि आवश्यक सहयोग गर्न तयार रहेको जनाए भने उहाँले लक डाउनको बेला खाद्यान्नको अभाव भएका समुदायलाई खाना खुवाउन आफूहरुको तर्फबाट सहयोग गर्न तयारीमा रहेको जनाउनु भयो ।

भक्तपुर जुःजु धौ ब्यवसायी संघका अध्यक्ष कृष्णगोपाल सैंजूले लकडाउन सुरु भए देखि कृषकले दुध बेच्न नपाएको र दही जन्य उत्पादनहरु पनि धेरैकम मात्र विक्रिवितरण भएको उल्लेख गर्दै यो समयमा १० प्रतिशत मात्र कारोबार गर्न सकेको बताउनु भयो । बाँकी ९० प्रतिशत खेर गइरहेको बताउँदै उहाँले सुरक्षित कारोवारका लागि प्राप्त माक्स ब्यवसायीहरुलाई बितरण गर्ने बताउनु भयो । लक डाउनको समयमा पनि पानी व्यवसायीले पनि सुरक्षित ब्यवहारका साथ घर दैलोमै खानेपानी पुर्यारहेको खानेपानी ब्यवसायी राम सुवालले बताए । सामान्य दिनहरुमा भन्दा पानीको माग कम मात्र आएकाले केही मजदुरहरुलाई विदा दिएर आवश्यकताको आधारमा पानी आपूर्ति ब्यवस्था गर्दै आएको ब्यवसायी सुवालले बताए ।




















