दुईदिने फोटोग्राफी तालिम सम्पन्न
भक्तपुर, मंसिर १५ गते
भक्तपुर महोत्सवको फोटो मार्फत प्रचार प्रसार गर्ने उदेश्यले आयोजित दुई दिने फोटोग्राफी तालिम आज सम्पन्न गरेको छ । भक्तपुर फोटोग्राफी समाज नेपालले आयोजना गरेको सो तालिममा प्रशिक्षण दिदै वरिष्ठ फोटोग्राफर दिपेन्द्र बज्राचार्यले तालिम पश्चात भक्तपुरको कमलविनायक, गछे, दत्तात्रय र सूर्यमढी वाकुपति नारायण स्थानहरुको स्थलगत फोटो रिपोटिङ्ग गराउँदै भक्तपुरको जनजीवन, कला संस्कृति र सभ्यतालाई फोटोमार्फत प्रचार प्रसार गर्ने कला सिकाएका थिए ।


Faces of Bhaktapur नामक सो प्रशिक्षणबाट संकलित उत्कृष्ठ फोटोहरुलाई विभिन्न क्षेत्रमा प्रदर्शनी गर्ने तयारी रहेको आयोजक समितिका अध्यक्ष बालकृष्ण बनमालाले बताए । आसन्न मंसिर २८ गते देखि पुस २ गतेसम्मको पाँच दिने भक्तपुर महोत्सवलाई लक्षित गर्दै सो तालिम आयोजना गरेको थियो । तालिममा ३० जना भन्दा बढी प्रशिक्षार्थीहरुको सहभगिता थियो ।














