भक्तपुर ईट्टा उद्योग व्यवसायी संघले आज ३० औं वार्षिक साधारण सभा

भक्तपुर ईट्टा उद्योग व्यवसायी संघले आज ३० औं वार्षिक साधारण सभा
भक्तपुर, पुस १६ गते
भक्तपुर ईट्टा उद्योग व्यवसायी संघले आज ३० औं वार्षिक साधारण सभा आयोजना गर्दै राज्यबाट स्वीकृति प्राप्त गरी सञ्चालित ईट्टा ब्यवसाय प्रर्वद्धनलाई अबैद्ध भनि टिक्का टिप्पणी गर्नु न्यायोचित नभएको बताएका छन् । सरकारबाट मान्यता प्राप्त ईट्टा भट्टा सञ्चालनकालागि चाहिने माटो ओसार्दा कसरी अबैद्ध हुन्छ ? भन्दै कार्यक्रमका बक्ताहरुले राज्यलाई ईट्टा भत्ता नै नचाहिने भए ईट्टा भट्टा चाहिदैन बन्द गर, भन्न सक्नु पर्यो नभए ब्यवस्थितरुपले सञ्चालनको वातावरण दिनुपर्यो भन्दै उहाँहरुले एनजिओ आइनजिओको इसारामा ईट्टा भट्टा विरोधी गतिविधि हुनु कुनै नोलो विषय नभएको बताएका छन् । जनताको सुरक्षित बासका लागि ईट्टाको विकल्प नभएको भन्दै बक्ताहरुले जिल्लामा सञ्चालित ईट्टा भट्टाबाट ३० हजार भन्दा बढीलाई रोजगार दिई आएको बताएका छन् । ईट्टा उद्योग प्रर्वधनकालागि क्रमिकरुपले प्रविधि सुधार गर्दै वातावरणमैत्री उद्योगको रुपमा विकास भइरहेको व्यवसायीहरुको भनाई छ ।

सो कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले पानसमा दिप प्रज्वलन गर्दै भक्तपुर ईट्टा उद्योग व्यवसायी संघको ३० औं वार्षिक साधारण सभाको आज होटल घ्याम्पेडाडाको सभाहलमा उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै सचिव सुवालले निजी सम्पतिका कारण समाजमा बर्ग देखिएको चर्चा गर्दै उहाँले ठूलो पूँजीले सानो पूँजी र विदेशी पूँजीले नेपालको पूँजीलाई खाएर देश उपनिवेदश हुने भएकाले एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने बारे सचेत हुन आग्रह गर्नु भयो । ठूलो पूँजीले आफ्नो अनुकूल कानून बनाई सानो पूँजीलाई उठ्न नदिई घरखेत स्वाहा पार्ने, कमजोर पार्ने नियत पनि बुझ्न जरुरी भएको उल्लेख गर्दै सचिव सुवालले हालै प्रकाशित विश्व असमानता प्रतिवेदनमा संसारका हामी ७ अर्ब मानिसहरु मध्ये साठी हजार मानिसहरुमा सारे तीन अर्ब मानिससँग भएको श्रोत साधनको तीन गुण भएको तथ्य उल्लेख भएको भन्दै उहाँले संसारका १० प्रतिशत मानिस अर्थात ७० करोड मानिससँग विश्वको तीन चौथाई सम्पति रहेको उक्त प्रतिवेदनमा उल्लेख छ भन्नु भयो । विश्वका आधा अर्थात सारेतिन अर्ब मानिससँग कुल सोत साधनको ५ प्रतिशत मात्र सम्पति रहेको उक्त प्रतिवेदनमा उल्लेख भएको भन्दै उहाँले यसको परिणाम तः संसारका अर्बौ मानिस न्यूनटम आधारभूट अवश्यकता विना वाँचिरहेका छन् भन्नु भयो । उहाँले भन्नु भयो ‘समाजका केही व्यक्तिमात्रै श्रोत साधनले सम्पन्न हुने र बाँकी जनता शिक्षा स्वास्थ्य, रोजगारी, आवासको अभावमा बाच्नुपर्ने अवस्था भएसम्म समाजमा शान्ति कायम हुने छैन । तसर्थ जति बाँचे पनि समाज र देशका लागि काम गर्न जरुरी हुन्छ ।’
सरकारले ऋण तिर्न ऋण लिन्दै छ, भन्दै सचिव सुवालले कर्मचारीको तलव र पेन्सनकालागि पनि विदेशीसँग ऋण ल्याउँदै गरेको भन्दै उहाँले सरकारको वार्षिक व्यापारघाटा १५ खर्ब पुगेकोे बताउनु भयो । सरकारले व्यापार घाटा घटाउनका निम्ति युवा र उर्जा मात्र निर्यात गर्दै रहेको भन्दै उहाँले ति दुबै चिज नेपालको उद्योग र व्यापारका लागि जरुरी छ भन्नु भयो ।
जलवायु परिवर्तनमा पूँजीपति देशहरुको ठूलो हात रहेको भन्दै ति देशहरुले ससाना देशहरुलाई आफ्नो खुट्टामा उभिन नदिने गरेको चर्चा गर्दै सचिव सुवालले नेपाल स्वतन्त्र र सार्वभौम देश भएकाले संसारसँग सिधै व्यापार गर्न पाउने जिकिर गर्नु भयो ।
संघका अध्यक्ष नातिभाई ह्यौंवाको सभापतित्वमा आयोजित सो साधारण सभामा नेपाल ईट्टा उद्योग महासंघका कार्यबाहक अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले शुभकामना मन्तव्य व्यक्त गर्दै उपत्यकाका ईट्टा भट्टाहरु जस्तै उपत्यका बाहिरका उद्योगहरुमा पनि जिकल्याक प्रविधि लागू गर्न जरुरी रहेको भन्दै उहाँले श्रमिकलाई पनि सिटिभिटिबाट तलिम दिएर भएपनि दक्ष बनाउनुपर्नेमा जोड दिनु भयो ।
इट्टा भट्टाकालागि चाहिने कोइला महत्वपुर्ण कच्चा पदार्थ भएकाले यो गुणस्तरीय भएमा प्रदूर्षण पनि कम हुने र लागत पनि घट्ने बताउनु भयो । कार्यक्रममा महासंघका वरिष्ठ सल्लाहकार विश्वराम कवांले हिजो हाम्रा बाजे बराजु देखि चल्दै आएको ईट्टा उद्योग ठाडो भट्टा हुन्दै अहिले जिकल्याक प्रविधिबाट सञ्चालन गरी ईट्टा भट्टालाई वातावरण मैत्री बनाउन व्यवसायीहरु निरन्तर लागि रहँदा पनि विभिन्न एनजिओ आइनजिओहरुले डलर पचाउन भट्टा विरोधी कार्य भइरहनु खेदपूर्ण भएको टिप्पणी गर्नु भयो । वरिष्ठ वातावरणविद् भूषण तुलाधरले भक्तपुरका ईट्टा भट्टाका सञ्चालकहरुले वातावरण मैत्री व्यवसाय प्रवद्र्धन गर्ने प्रति प्रतिबध रहनु नयाँ नयाँ प्रविधिबाट स्वच्छ व्यवसाय प्रर्वद्धन गर्न इच्छा जाहेर गरिरहनु वातावरण सुधारकालागि सकारात्मक भएको बताउनु भयो ।
बागमती प्रदेश समितिका अध्यक्ष आशाकाजी त्वायनाबासु, आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत उषा पोखरेल, उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका उद्योग अधिकृत रामप्रसाद कुस्मा, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी मैया धौवन्जा, भक्तपुर ट्रक व्यवसाय संघका अध्यक्ष लक्ष्मीप्रसाद गोराले शुभकामना तथा संघका सचिव आसराम बैद्यले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा प्रमुख अतिथि नेमकिपा सचिव प्रेम सुवालले ईट्टा भट्टा व्यवसाय प्रवर्धनकालागि सहयोग गर्ने विभिन्न व्यक्ति संघ संस्थालाई सम्मान व्यक्त गर्नु भएको थियो भने संघका अध्यक्ष नातिभाई ह्यौंवाले कार्यक्रममा सहभागि पत्रकारहरुलाई सम्मान व्यक्त गर्नु भयो ।