समानूपातिक तर्फ नेमकिपाको ११० जना उमेद्वारको सूची दर्ता

समानूपातिक तर्फ नेमकिपाको ११० जना उमेदवारको सूची दर्ता
काठमाण्डौ, पुस १३ गते
नेपाल मजदुर किसान पार्टीले आसन्न फार्गुण २१ गतेको आम निर्वाचनकालागि समानुपातिक तर्फको उम्मेदवारहरुको बन्द सूची निर्वाचन आयोगमा आज दर्ता गरेका छन् । १ सय १० जना समानुपातिक तर्फको उम्मेदवा्हरुको बन्द सूची दर्ता गर्न नेमकिपाका सचवि प्रेम सुवाल, केन्द्रीय सदस्य सुनिल प्रजापति, अनुराधा थापा मगर सहितको टोली आज निर्वाचन आयोगमा पुगेर सूची दर्ता गरेको नेमकिपा भक्तपुरका न्हुछेभक्त फोजुले जनाएको छ । निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारहरुको पहिलो सूची नेमकिपाले दर्ता गरेको उहाँले बताउनु भयो । नेमकिपाका १ सय १० जनाको गोव्य समानुपातिकतर्फका उम्मेदवारहरुको सूची आईतबार दर्ता भएको हो ।