११ औं उद्योग दिवसको अवसरमा भक्तपुरका तीनजना उत्कृष्ट उद्यमीहरु सम्मानित
भक्तपुर । २०८२ मंसिर ९
उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजनामा एघारौं उद्योग दिवस २०८२ को उपलक्ष्यमा प्रभावतभेरी तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम आज भक्तपुरको दत्तात्रयमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जी.के पोल्ट्री फार्मका शिशिर किसी, गुण सेरामिक्स उद्योगका गुणलक्ष्मी अवाल र महालक्ष्मी पाउँ उद्योगका रामकृष्ण ध्वोजु श्रेष्ठलाई फुलमाला र सम्मान पत्रबाट सम्मानित गर्नुभयो ।
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले घरेलु तथा साना उद्योगहरु देशकै महत्वपूर्ण उद्योगको रुपमा रहेको बताउँदै देशको अर्थतन्त्रमा घरेलु उद्योगले महत्वपूर्ण टेवा पु¥याएको बताउनुभयो ।
विदेशी सामान आयातले घरेलु उद्योगहरुमा प्रत्यक्ष असर परिरहेको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरी नगरबासीहरुलाई आत्मनिर्भर बनाउन प्रेरित गर्दै आएको बताउनुभयो ।
अन्तरिम सरकारले भ्रष्टाचारीलाई कारबाही र प्रतिनिधिसभाको चुनाव शान्तिपूर्ण, मर्यादित र धाँधलीरहित तरीकाले सम्पन्न गर्नमा ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै उहाँले सार्वजनिक संस्थानहरूलाई कम्पनीमा लाने नीतिगत निर्णय गरी देशको अर्थतन्त्रमा दीर्घकालीन असर पुग्ने काम भएको उहाँले स्पष्ट पार्नुभयो ।
घरेलु सामानहरुको ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले भक्तपर नगरपालिकाले बेरोजगार र आर्थिक रुपले कमजोर तथा विपन्न युवाहरुलाई युवा उद्यमशीलता प्रवद्र्धन ऋणको व्यवस्था गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले उद्योग दिवसको अवसरमा गरिएको उद्यमी सम्मानले उद्यमीहरुलाई थप हौसला प्रदान गर्ने बताउँदै भक्तपुर घरेलु तथा साना उद्योग संघले गो लोकल कार्यक्रम सञ्चालन गरी भक्तपुरका १५ वटा वस्तुहरुको उत्पादनलाई सूचिकृत गरी प्रवद्र्धन गर्दै आएको बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य संघ अध्यक्ष रोशनीकुमारी श्रेष्ठले नेपाल सरकारले उद्यमीहरुको लागि प्रोत्साहनस्वरुप स्टार्ट अप उद्यम कर्जा र महिला उद्यमीको लागि विना धितो कर्जा उपलब्ध गराइरहेको बताउँदै मुलुकको आर्थिक विकासमा उद्योगको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । देशलाई आत्मनिर्भर बनाउन नयाँ नयाँ उद्योगहरु सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।
भक्तपुर च्याम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले लोपोन्मुख भक्तपुरका पेशा व्यवसायलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउँदै स्थानीय स्तरमा रोजगारी अभिवृद्धि हुने किसिमका गतिविधिहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले सम्मानित उद्योगीहरुलाई बधाईज्ञापन गर्दै उद्योग तथा वाणिज्य कार्यालयले उद्यमीहरुलाई लक्षित नीति नियम बनाउनुका साथै विभिन्न सीपमुलक तालिमहरु सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।
Featured Posts – Style 1
असार ६ र ७ गते HERITAGE MARKET –CULTURAL KITCHEN हुने
2026-06-19 Comments Off on असार ६ र ७ गते HERITAGE MARKET –CULTURAL KITCHEN हुने
असार ६ र ७ गते HERITAGE MARKET –CULTURAL KITCHEN हुने भक्तपुर घरेलुतथा साना उद्योग संघको आयोजना तथा भक्तपुर पर्यटन विकास...
वरिष्ठ नाट्यकर्मी, लेखक तथा निर्देशक रामशेखर नकर्मी का ख्याल (प्रहसन) हरूमाथि केन्द्रित तीनदिने कार्यशाला भक्तपुरमा सुरु
2026-06-18 Comments Off on वरिष्ठ नाट्यकर्मी, लेखक तथा निर्देशक रामशेखर नकर्मी का ख्याल (प्रहसन) हरूमाथि केन्द्रित तीनदिने कार्यशाला भक्तपुरमा सुरु
भक्तपुर, असार ४ । वरिष्ठ नाट्यकर्मी, लेखक तथा निर्देशक रामशेखर नकर्मी का ख्याल (प्रहसन) हरूमाथि केन्द्रित तीनदिने कार्यशाला भक्तपुरमा सुरु...
भक्तपुर विकास सहयाेग सङ्घ र शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बीच सम्झैतापत्रमा हस्ताक्षर कार्य सम्पन्न ।
2026-06-18 Comments Off on भक्तपुर विकास सहयाेग सङ्घ र शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बीच सम्झैतापत्रमा हस्ताक्षर कार्य सम्पन्न ।
भक्तपुर विकास सहयाेग सङ्घ र शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बीच सम्झैतापत्रमा हस्ताक्षर कार्य सम्पन्न ।भक्तपुर विकास सहयोग सङ्घको तर्फबाट...
विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
2026-06-16 Comments Off on विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थभक्तपुर, १ असार । सूर्यविनायक नगरपालिका वडा नं. १...
प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रम
2026-06-16 Comments Off on प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रम
प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रमकाठमाण्डाै,"बालबालिकाकाे निश्चित भविष्यकाे कामना: प्रविना फाउण्डेशनकाे एकमात्र चाहना" नारा सहित पवित्र उद्धेश्य लिइ बि.सं. २०६५...













