प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रम

प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रम
काठमाण्डाै,
“बालबालिकाकाे निश्चित भविष्यकाे कामना: प्रविना फाउण्डेशनकाे एकमात्र चाहना” नारा सहित पवित्र उद्धेश्य लिइ बि.सं. २०६५ सालमा स्थापना भएकाे डाँफेमार्ग, काठमाण्डाैमा रहेकाे प्रविना फाउण्डेशनकाे आयाेजना, नेपाल हृदयराेग निवारण प्रतिष्ठान, प्राविधिक परिचालन उपसमितिकाे सहआयाेजना एवं काठमाणेडाै शाखाकाे समन्वयमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रम तथा शिक्षा र जीवनबारे ज्ञानबर्द्धक प्रवचन कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयाे । उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ बालमुटुराेग विशेषज्ञ डा. उर्मिला शाक्यले बालबालिकामा लाग्ने जन्मजात मुटुराेग र बाथमुटुराेगबारे जानकारीमूलक प्रस्तुतिकरण गर्नुहुँदै प्रविना फाउण्डेशनले लिएकाे उद्धेश्य बमाेजिम सञ्चालन भईरहेका गतिविधि र व्यवस्थापन सर्हानिय रहेकाे बताउनुभयाे । त्यसैगरी विशेष अतिथि सहप्राध्यापक एवम् इतिहासका ज्ञाता विश्वमाेहन जाेशीले बालबालिका केन्द्रित “पुस्तान्तरण-भविष्य र शिक्षाकाे महत्व अनि जीवनसँग यसकाे अन्याेन्याश्रित सम्बन्ध” बारे व्यावहारिक ज्ञानमूलक प्रवचन दिनु हुँदै जाे कसैले ग्रहण गरेकाे राम्राे विद्यालाई एक आपसमा अनुभव बाँडिएकाे खण्डमा त्यसबाट एउटा असल समाज निर्माण हुने बताउनुभयाे । त्यसैगरी विशेष अतिथि प्रतिष्ठानकाे भक्तपुर शाखाका सभापति राजुराम मुनंकर्मीले शाखाबाट मुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने क्रममा काठमाणडाैमा पहिलाेपटक आयाेजना गरेकाे चर्चा गर्नुहुँदै समाजका हरेक वर्ग र क्षेत्रमा सचेतनामूलक कार्यक्रमलाई व्यापकता दिनुपर्ने आवश्यकता आैंल्यनाउनुभयाे । मन्तव्यकै क्रममा विशेष अतिथि काठमाण्डाै शाखाका सभापति मेहन माेहन श्रेष्ठले दुबै फाउण्डेशनले लिएकाे लक्ष्य र उद्धेश्य समाज रूपान्तरण केन्द्रित रहेकाे चर्चा गर्नुहुँदै विविध संस्था बीचकाे समन्वयमा प्रतिष्ठानले मुटुराेग सम्बन्धी सचेतनामूलक कार्य गर्दै आईरहेकाे बताउनुभयाे । प्रविना फाउन्डेशनका प्रशासकिय अधिकृत जानकी बाेगटीले सबैलाई स्वागत गर्नुहुँदै प्रविना फाउन्डेशनकाे ऐतिहासिक पृष्ठभूमी , उद्धेश्य र गतिविधिमाथि प्रकाश पार्नुभयाे ।
उक्त फाउन्डेशनकाे संरक्षणमा रहेका बालबालिकाहरूमध्ये ४ वर्षदेखि १८ वर्षसम्मका ३२ जना बालबालिकाहरूकाे प्रतिष्ठानकाे प्राविधिक टाेलीले नाप,ताैल लिने कार्य भएकाे थियाे ।
साेही कार्यक्रममा सभाध्यक्ष प्रविना फाउण्डेशनका कार्यकारी प्रमुख प्रशान्त श्रेष्ठले नेपाल हृदयराेग निवारण प्रतिष्ठानले सचेतनामूलक कार्यक्रमकाे लागि पुर्याएकाे याेगदान र बालगृह अवलाेकन कार्यले थप हाैसला प्राप्त भएकाे बताउनुभयाे भने सञ्चालक समितिका अध्यक्ष सुनिल मूलले आगामी दिनमा वरिष्ठ बालमुटुराेग विशेषज्ञबाट मुटुराेग सम्बन्धी स्क्रिनिङ कार्यक्रम गर्ने याेजना रहेकाे र त्यसमा प्रतिष्ठानकाे साथ र सहयाेग मिल्ने अपेक्षा गरिएकाे बताउनुभयाे । कार्यक्रमकाे अन्तमा प्रविना फाउन्डेशनकाे तर्फबाट प्रमुख अतिथि र विशेष अतिथिहरूलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।
उक्त कार्यक्रममा प्रतिष्ठानका प्राविधिक टाेलीका सदस्य सचिव रत्नमाया सुवाल, सदस्यहरू गङ्गा गुरूङ्ग, निरकमल बस्नेत,सरिता याकामी गाेसाईं, सावित्रा गाैतम, राधा उप्रेति, दिल कुमारी डङ्गाेलका साथै महिला सशक्तिकरण उपसमितिका सदस्य सचिव चन्द्रशाेभा सालिके र शाखाका सल्लाहकार सुरेन्द्रमान बिजुक्छेंकाे सक्रिय सहभागिता रहेकाे थियाे ।