भक्तपुर नगरपालिका क्षेत्रमा सञ्चालित नापतौल डोर कार्यक्रममा ४४१ लाभान्वित, सूर्यविनायक नगरपालिकामा आइतबारदेखि सेवा
भक्तपुर ः
भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा भक्तपुर नगरपालिका क्षेत्रमा सञ्चालन गरिएको नापतौल कार्यक्रमबाट ४४१ जना व्यवसायीहरुले सेवा प्राप्त गरेका छन् ।
जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले जिल्लास्थित भक्तपुर नगरपालिकाका ४ स्थानमा कार्यालय राखेर गत सोमबारदेखि नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । वडा नं. ४ स्थित टुरिजम मार्केट परिसरमा कार्यालय राखेर पहिलो दिन सञ्चालन गरिएको डोर कार्यक्रममा ९६ जना व्यापारी तथा व्यवसायीहरुले आआफ्ना नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरण गरेको संघका कोषाध्यक्ष एवं संघअन्तर्गत बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले बताए ।
उनका अनुसार मंगलबार वडा नं. १० स्थित कमलविनायक बिगमार्ट परिसरमा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा १५७ जना, बुधबार वडा नं. ३ स्थित खौमाबाट ८० जना र बिहीबार वडा नं. ७ स्थित इनाचोबाट १०८ जना व्यवसायी तथा व्यापारीले सेवा लिएका थिए ।
मध्यपुर थिमी नगरपालिकासँग सहकार्य गरी कार्तिक २७ गते मध्यपुर थिमी नपा वडा नं. ३ कार्यालय परिसर, कार्तिक २८ गते नयाँठिमीस्थित यचु पार्टी प्यालेस र कार्तिक ३० गते मिलरोडस्थित ग्ल्याडस्टोन एकेडेमी परिसरबाट गरी २३४ जना व्यापारी, व्यवसायीहरुले आफूले प्रयोग गर्दै आएका नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरण गराएका थिए ।
संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले डोर कार्यक्रमबाट स्थानीय व्यापारी, व्यवसायीहरु आफ्नै घरआँगनमा नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराई लाभान्वित भएको बताए । उनले गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरु काठमाडौं पुगेर नापतौलका सामग्री दर्ता तथा नवीकरण गराउनुपर्ने झन्झटबाट मुक्त भएको भन्दै आगामी वर्षहरुमा पनि जिल्लामै नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि डोर कार्यक्रम सञ्चालन गर्न संघले पहल गर्ने बताइन् ।
यसैबीच, सूर्यविनायक नगरपालिका र संघको सहकार्यमा आगामी आइतबार र सोमबार सूर्यविनायक नगरपालिका क्षेत्रमा नापतौल डोर कार्यक्रम सञ्चालन हुने भएको छ । आइतबार सूर्यविनायक नगरपालिका वडा नं. २ को बालकोट चोकस्थित बालकोट साकोट प्रांगणमा र सोमबार वडा नं. ६ को सूर्यविनायक चोकस्थित लक्ष्मी मिठाइ भण्डार अगाडि कार्यालय डोर कार्यक्रम सञ्चालन हुने संघले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...













