रातोपाटीको सडक भासियो ।

रातोपाटीको सडक भासियो ।
भक्तपुर, कार्तिक २७ गते
काठमाण्डौ उपत्यका विकास प्राधिकरणको आर्थिक सहयोगमा नवनिर्मित छालिङको सडक भासिएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिंङ्गस्थित रातोपाटी सडकको ढलन भासिएको हो । सम्बन्धित वडा कार्यालय, गाणेश स्कूल जाने मुख्य बाटो परेको सो वाटो भासिएपछि थप सडक दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय न्हुछे भक्त फोजूले कमसल निमार्ण गरेकै कारण सडक भासिएको जनाएको छ । ढलान मुनी माटो समेत नराखि खोक्रो ढलना हुदा र ठूलठूला गाडीहरुसमेत प्रवेश गर्दा यसरी सडक भासिएको उहाँले जनाएको छ । सो बारे स्थानीय पालिका र सडक डिभिजन कार्यालय भक्तपुरलाई ध्यानाकर्षण गराएको बताए ।