सूनपाको जोड कृषि र पर्यटनमा विशेष

सूनपाको जोड कृषि र पर्यटनमा विशेष
भक्तपुर, असार १३ गते

कुल रु.२ अर्व १० करोड ५० लाख अनुमानित बजेट प्रस्तुत गर्दै आव.२०८०।८१को नीति तथा कार्यक्रम पारित गरेको सूर्यविनायक नगरपालिकाले आफ्नो चौधौं नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेट सम्बन्धमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नगरपालिकाको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले नगर सभाले हालै पारित गरेको नीति, कार्यक्रम र बजेट बारे जानकारी दिएका हुन।


प्रवक्ता सापकोटाले दिगो विकास व्यवस्थित शहर, स्वच्छ समृद्ध सूर्यविनायक नगरको दीर्घकालीन सोच प्राप्तितर्फ उन्नमुख रही नगरप्रमुख बासुदेव थापाबाट प्रस्तुत २१८ बुँदे नीति तथा कार्यक्रम एवं नगर उपप्रमुख सरिता तिमसिना भट्टराईबाट प्रस्तुत १०९ बुँदे बजेट तथा कार्यक्रम नगरसभा बैठकबाट स्वीकृत भई नीति कार्यक्रम र बजेट बारे जानकारी दिएका हुन ।

नगर प्रमुख थापाको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा हाम्रो कर हाम्रै विकासको भर भन्दै नगरपलिकाको आव २०८०।८१ का महत्वपूर्ण योजनाहरु बारे सो अवसरमा जानकारी दिएका थिए । नगरवासीहरुको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासकालागि बढी जोड दिएको भन्दै उपप्रमुख सरिता भट्टराईले सूर्यविनायक नगरपालिका भित्र बढ्दो जनघनत्व ठेगि नसक्नु भएकोले यसमा नगरपालिकाले मात्र नभई प्रदेश र केन्द्रीय सरकारको पनि ध्यान दिनुपर्नेमा जोड दिनु भयो । नगरका सार्वजनिक क्षेत्रको संरक्षण सबैको सरोकार भएको भन्दै उहाँले यसमा धेरै भ्रम फैलाएको दाबी गर्दै नगरका सार्वजनिक क्षेत्र अतिक्रमण भएको पाइए नगरपालिकामा गुनासो गर्न पनि आग्रह गर्नु भयो । कृषि भूमिमा कंक्रिटको घरहरु बन्न थाल्नु चिन्ताको विषय भए पनि खेतधनी किसानहरुको रोजाईलाई नगरपालिकाले नकार्न नसकिने भन्दै उहाँले नगरवासीको आवाजलाई सम्बोधन गर्ने गरी दीर्घकालीन सोचका साथ नगरपालिकाको नीति, कार्यक्रम र बजेट आएको बताए ।
जनताको पैसा जम्मा भएका सहकारी संघसंस्थामा देखिएको समस्या चिन्ताजनक भएको चर्चा गर्दै उहाँले नगरपालिका भित्रका सहकारीहरुलाई नीति र विधि तथा प्रविधिबाट सञ्चालनको तयारी भएपनि पनि बताए । यस वर्षको नीति, कार्यक्रम र बजेटले कृषि र पर्यटन विकासलाई विशेष जोड दिएको उहाँले बताए ।
पत्रकार सम्मेलन मार्फत प्रस्तुत विज्ञप्ती यस्तो रहेको छ ।