डा उज्जवल चालिसे
आज हामी सबै— भक्तपुर क्यान्सर अस्पतालको गौरवमय यात्राको ३१औं वार्षिकोत्सव मनाउन यहाँ जम्मा भएका छौं ।
सन् १९९४ (वि.सं. २०५१) मा जम्मा २ ओटा शैयाबाट सुरु भएको सानो प्यालियटिभ केयर युनिट आज एक समग्र सेवा प्रदान गर्ने १५० शैयाको क्यान्सर अस्पतालमा विकसित भएको छ — यो हाम्रो सबैको साझा गर्व हो।
तीन दशक अघी को ति दिनहरु पक्कै सहज थिएन होला तर अग्रजहरुको सङ्हर्स र मेहेनत ले यो अस्पताल आज देश कै अग्रणी संस्था को रुपमा सबै को अगाडी उपस्थित छ । यसलाई माया गर्नु हुने, सहयोग गर्नुहुने, यसलाई बिस्वास गरी सेवा लिन आउनुहुने सबैले यस अस्पलाल को बिकास मा मद्दत पुर्याउनु भएको छ ।
तीन दशकको यो यात्रामा,
हामीले देखेका छौं — सपना साकार हुँदै गएको, असम्भव जस्तो लाग्ने कुरा सम्भव हुँदै गएको।
आज हामीसँग अत्याधुनिक डायग्नोस्टिक ल्याब, सिटी स्क्यान, सर्जरी, किमोथेरापी, रेडिएसन थेरापी, आईसीयू, र प्यालियटिभ केयर जस्ता सबै सेवाहरू उपलब्ध छन्।
हाम्रो उद्देश्य सधैं एउटै रह्यो — “क्यान्सरको उपचारमा समान पहुँच, करुणा र गुणस्तरीय सेवा“।
यस अस्पताल ले सर्ब शुलभ अत्यन्त कम शुल्क मा क्यान्सर जस्तो जटिल रोगको निदान र उपचार मा उच्च तम प्रबिधी को प्रयोग गरी सर्ब साधाराण को उपचार मा ठुलो योगदान पुराइरहेको छ भने उपचार का लागी बिदेशिने अरबौ रुपैया देश भित्रै राख्न मद्दत पुराएको छ ।
उपत्यका भित्र सरकारी स्त र मा सन्चालित एक मात्र क्यान्सर अस्पताल भएको नाताले यस अस्पतालको बिकास र बि स्तार गरी भबिश्य को क्यान्सर को चाप लाई धान्न सक्ने बनाउन हामी सबैले र बिशेष गरी नेपाल सरकार स्वास्थ्य तथा जनसन्ख्या मन्त्रालय ले प्राथमिकता दिनेछ भन्ने बिश्वास लिएका छौ । यस अस्पताल अत्यन्त साघुरो अवस्थिती मा रहेको हुँदा आउदो ५० –१०० बर्ष लाई धान्न सक्ने भौतिक पु र्बाधार तयार गर्न ठुलो जग्गा आवश्यक रहेको छ । यसै सन्धर्भ मा चागुनारायण नगरपालिका ३ स्थित ४५ रोपनी जग्गा यस अस्पतालालाई उपलब्ध गराउन नगर कार्यपालिकाले स्विकृत गरिसकेको र सोको स्विकृती को लागी मन्त्रालय समक्ष पेश भ ईसकेको मानानीय मन्त्री ज्यु लाई जानकारी गराउन चा हन्छौ । उक्त जग्गा या अन्य कुनै उपयुक्त जग्गा प्राप्त हुने हो भने यस अस्पतालालाइ तीन सय सैय्या मा बि स्तार गर्न सकिन्छ साथै नयाँ नयाँ प्रबिधी हरु भित्राउन सकिन्छ ।
यसै अवसरमा म माननिय मन्त्री ज्यु लाई आग्रह गर्न चाहन्छु कि मन्त्रालय ले यस अस्पताल को कर्माचारी सेवा बिनियमावली र ओ एन एम यथाशिघ्र स्विकृत गरी दिन हुन अनुरोध गर्न चाहन्छु । दर बन्दी तथा नियमावली स्विकृत नहुँदा यस अस्पतालालाइ चाहिने बिशेषघ्य चिकित्सक्,स्वास्थ्यकर्मी र अन्य कर्मा चारी हरु पद्पुर्ती गर्न र टिकाई राख्न कठिनाई भैरहेको छ भने कार्यारअत कर्मा चारी लाई पनि स्थाइ गर्ने प्रकृया मा लान सकिएको छैन ।
आजको यो अवसरमा, म विशेष रूपमा धन्यवाद दिन चाहन्छु —
हाम्रो अस्पतालका ती समर्पित कर्मचारीहरूलाई, जसले आफ्नो जीवनका २० वर्ष र २५ वर्ष यो संस्थालाई अर्पण गर्नुभयो। तपाईंहरूको प्रतिबद्धता, धैर्यता र सेवाभावले नै यो अस्पताललाई यहाँसम्म ल्याएको हो।
हामी आज उहाँहरूलाई सम्मान गर्दैछौं — यो केवल पुरस्कृत गर्ने क्षण होइन, यो हाम्रो सामूहिक गौरवको प्रतीक हो।
हामीले अगाडि अझ धेरै गर्न बाँकी छ।
हाम्रो लक्ष्य — देशमै उत्कृष्ट क्यान्सर केयर सेन्टर बन्ने मात्र होइन,
राष्ट्रिय नीति, अनुसन्धान, र जनचेतना क्षेत्रमा पनि योगदान पुर्यानउने हो।
हामी चाहन्छौं कि कुनै पनि नेपाली नागरिकले उपचार अभावमा पीडा भोग्न नपरोस्।
अन्त्यमा,
म संघीय स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश सरकार, हाम्रो स्थानीय निकाय, तथा सबै सहयोगी संस्थाप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु —
हामीप्रति देखाउनुभएको भरोसा र सहयोगका लागि।
र, आजको यो विशेष दिनमा यहाँ उपस्थित सबैलाई स्वागत गर्दछु —
यो हाम्रो संस्थाको मात्र होइन, सम्पूर्ण समुदायको उत्सव हो।
धन्यवाद।
जय भक्तपुर क्यान्सर अस्पताल
जय नेपाल।
डा उज्जवल चालिसे
कार्यकारी निर्देशक
भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव समारोह, २०८२ मंसिर २५ (१० नोभेम्बर २०२५)मा भएको कार्यक्रममा कार्यकारी निर्देशक डा चालिसेले दिएको स्वागत मन्तव्य सम्पादनसहित
Featured Posts – Style 1
वरिष्ठ नाट्यकर्मी, लेखक तथा निर्देशक रामशेखर नकर्मी का ख्याल (प्रहसन) हरूमाथि केन्द्रित तीनदिने कार्यशाला भक्तपुरमा सुरु
2026-06-18 Comments Off on वरिष्ठ नाट्यकर्मी, लेखक तथा निर्देशक रामशेखर नकर्मी का ख्याल (प्रहसन) हरूमाथि केन्द्रित तीनदिने कार्यशाला भक्तपुरमा सुरु
भक्तपुर, असार ४ । वरिष्ठ नाट्यकर्मी, लेखक तथा निर्देशक रामशेखर नकर्मी का ख्याल (प्रहसन) हरूमाथि केन्द्रित तीनदिने कार्यशाला भक्तपुरमा सुरु...
भक्तपुर विकास सहयाेग सङ्घ र शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बीच सम्झैतापत्रमा हस्ताक्षर कार्य सम्पन्न ।
2026-06-18 Comments Off on भक्तपुर विकास सहयाेग सङ्घ र शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बीच सम्झैतापत्रमा हस्ताक्षर कार्य सम्पन्न ।
भक्तपुर विकास सहयाेग सङ्घ र शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बीच सम्झैतापत्रमा हस्ताक्षर कार्य सम्पन्न ।भक्तपुर विकास सहयोग सङ्घको तर्फबाट...
विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
2026-06-16 Comments Off on विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थभक्तपुर, १ असार । सूर्यविनायक नगरपालिका वडा नं. १...
प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रम
2026-06-16 Comments Off on प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रम
प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रमकाठमाण्डाै,"बालबालिकाकाे निश्चित भविष्यकाे कामना: प्रविना फाउण्डेशनकाे एकमात्र चाहना" नारा सहित पवित्र उद्धेश्य लिइ बि.सं. २०६५...
सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती
2026-06-16 Comments Off on सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती
सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती काठमाडौं । अर्थमन्त्री डा....













