पहिलो चरणमा हिमाली जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी ।

पहिलो चरणमा हिमाली जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी ।
सरकारले हिमाली जिल्लाका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । पहिलो चरणमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको मोडेर्ना खोप लगाउने तयारी गरेको स्वास्थ्य सेवा विभागको खोप व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाले सीआइएनसँग बताउनुभयो । उहँँका अनुसारहिमाली जिल्लाका बालबालिकालाई मोडेर्ना खोप लगाउने बारेमा भोलि छलफल गर्ने तयारी छ । कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार डोज मोडेर्ना खोप नेपाल आइपुगेको छ । आउँदो हप्ता ३४ लाख मात्र खोप नेपाल आइपुग्ने भएकाले १२ वर्षमाथिका बालबालिकालाई खोप लगाउने योजना रहेको उहाँको भनाइ छ । खोप प्राप्त भएसँगै अन्य जिल्लामा पनि बालबालिकालाई खोप अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।