नवनियुक्त प्रजिअ पाण्डेलाई भक्तपुरमा स्वागत

नवनियुक्त प्रजिअ पाण्डेलाई भक्तपुरमा स्वागत
भक्तपुर, असार १२ गते
जिल्ला प्रशासन कार्यालय भक्तपुरका लागि नवनियुक्त हुनु भएका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई आज भक्तपुरमा स्वागत गरेको छ । भक्तपुरका क्रियाशिल पत्रकारहरु र कार्यालयका कर्मचारीहरु बीच परिचयात्मक कार्यक्रमका साथ प्रजिअ पाण्डेलाई आज भक्तपुरमा स्वागत कार्यक्रम आयोजना गरेको हो । कार्यरत प्रजिअ गोपाल प्रसाद अर्यालय ८ महिनाको बसाई पश्चात अर्घाखाँची सरुवा हुनभएपछि भरतमणी पाण्डे भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हाल्दै आज उहाँलाई स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना गरेको हो । जिल्ला शान्ति समिति र विपद् व्यवस्थापन समितिका अध्यक्ष रहेका प्रजिअ पाण्डेले आज पत्रकारहरुसँग जिल्लाको जनजीवन, शान्ति सुरक्षाका सवालहरु छलफल समेत गरेका थिए ।