HURON भक्तपुरमा मानन्धर पुनः अध्यक्षमा निर्वाचित

ज्इग्च्इल्मा मानन्धर पुनः अध्यक्षमा निर्वाचित
भक्तपुर, बैशाख २२ गते


नेपाल मानव अधिकार संगठन भक्तपुर शाखामा पुनः रामकृष्ण मानन्धर अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको जिल्ला अधिवेशनबाट मानन्घर निर्विरोध निर्वाचत भएका हुन । उनी तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका छन् ।
तत्कालिन राज्य सत्ताले २०४६ सालमा भक्तपुरका जनतालाई गरेको डमन विरुद्ध मानव अधिकार रक्षाका लागि योगेन्द्रमान विजुक्छेको अध्यक्षतामा गठन भएको सो संगठनले आज भक्तपुरको कमलविनायकमा १० औं जिल्ला सम्मेलन आयोजना गरेको हो । सो सम्मेलनबाट निर्वाति पदाधिकारीहरु निम्नानुसार छन् ।


जिल्लाका ४ वटै नगरपालिकामा संगठन विस्तार गर्ने उदेश्यका साथ आज भएको जिल्ला सम्मेलनको काठमाण्डौ उपत्यका समन्वय समितिका अध्यक्ष रोबिन सिंह बस्नेतले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए । सो अवसरमा संगठनका केन्द्रीय सदस्य रचना श्रेष्ठ, जिल्ला सल्लाहकार श्यामसुन्दर धौभडेल र विश्वमोहन जोशी सहित काठमाण्डौ र ललितपुर जिल्ला शाखाका प्रतिनिधीहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै मानव अधिकार संरक्षणकालागि एक्यवधता जनाएका थिए । ६६ जना साधारण सदस्य रहेको जिल्ला शाखा भक्तपुरले पूरानो कार्यकालको समीक्षा गर्दै नयाँ नेतृ्त्व चयन गरेको हो । कार्यक्रमको उद्घाटन सत्रमा नागरिकको मौलिक मानव अधिकार सुनिश्चित र संरक्षण गर्न संगठनका सदस्यहरुले लोकतान्त्रीक मूल्यमान्यता अनुसार सेतो रग र आकासको निलो रंग जस्तै चोखो भएर भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।