आज सामुदायिक सूचना नेटवर्कका१७ औं वार्षिकोत्सब, सञ्चारकर्मी सम्मानीत

आज सामुदायिक सूचना नेटवर्कका १७ औं वार्षिकोत्सब, सञ्चारकर्मी सम्मानीत
काठमाण्डौ, जेष्ठ १४ गते
सामूदायिक सूचना नेटवर्क स्थापना भएको १७ वर्ष पूगेको अवसरमा तीन जना सामूदायिक सञ्चारकर्मी सम्मानित गरेका छन् । आज काठमाण्डौमा आयोजित सिआईएन दिवसको अवसरमा दोलखास्थित रेडियो शैलुङमा कार्यरत बुना घिमिरे, सर्लाहीस्थित रेडियो एकताका सञ्चारकमीै जनार्जन खत्री र सीआईएनका सञ्चारकर्मी उषा तामाङ पुरस्कृत भएका हुन । सीआइएनका प्रमुख दिपक आचार्यका अनुसार उहाँहरुलाई वर्षभरिका नियमित, गुणस्तरीय र प्रभावमा आधारित समाचार सम्प्रेषणका आाधारमा पुरस्कृत गरेका हुन । पुरस्कृत हुने सञ्चारकर्मीहरुलाई नगद रु. १५ हजार सहित सम्मानित गरेको थियो ।


सीआइएन देको अवसरमा आज आयोजित छलफलमा सासद तथा सरोकारवाला निकायका प्रतिनिधिले सामुदायिक सूचना नेटवर्क ९सीआईएन० मुलुकमा सकारात्मक सोच र विचारको विकासका लागि अभियान चलाउनुपर्ने सुझाव दिएका छन् ।
समाजमा अझैँ पनि नकारात्मक भावना नहटेको भन्दै उनीहरूले सत्यतथ्य जानकारी दिँदै नकारात्मक अभ्यास हटाउन पनि नेतृत्वदायी भूमिका सीआईएले खेल्नुपर्ने बताएका हुन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ ९अकोराब० नेपालद्वारा सञ्चालित सीआईएनको १७ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा आज काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सकारात्मक परिवर्तनका लागि सीआईएनले हाल गरिरहेको योगदानको प्रशंसा गरे ।
सञ्चारिका समूहका अध्यक्ष कमला पन्थीले अझैँ पनि समाचारको सहज र भरपर्दो माध्यम रेडियो नै रहेको उल्लेख गर्दै पत्रकार महिलाको पेशागत जग बसाल्नका लागि पनि सीआईएनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
सीआईएनसँग भविष्यमा पनि सञ्चारिका समूहले विषय र परिस्थिति अनुसार सहकार्य गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।


आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० का अध्यक्ष लक्की चौधरीले नेपालका सामुदायिक रेडियोहरूले भाषा, राम्रा परम्परा बचाउनका लागि सहयोगी भूमिका खेलेको धारणा राख्नुभयो ।
सीआईएनले आगामी दिनमा रेडियो सामग्री बनाउँदा भाषा, वर्ग र समुदायको विविधतालाई समावेश गर्नुपर्ने सुझाव दिँदै अध्यक्ष चौधरीले किसान, सर्वसाधारण जनताले खेतीकिसानी गर्दै रेडियो सुन्न सजिलो हुने भएका कारण यो माध्यम सबैको सजिलै पहुँचमा रहेको बताउनुभयो ।
बीबीसी मिडिया एक्सनका सम्पादक किरण भण्डारीले प्रविधिको उपयोग गर्दै समयसुहाउँदो सामग्री उत्पादन नगरी भविष्यमा रेडियोको अस्तित्व जोगिन कठिन हुने बताउनुभयो ।
सकारात्मक सोच विकासको क्षेत्रमा क्रियाशील संस्था इरिप्सका प्रमुख डा रामचन्द्र लामिछाने समाजमा हिजोआज नकारात्मक विचारले प्राथमिकता पाइरहेको अवस्थामा सीआईएनले आगामी दिनमा विशेष अभियान चलाउँदा प्रभावकारी हुने धारणा राख्नुभयो ।
हाल सीआईएनले चलाएको हानिकारक प्रथा र परम्पराको अन्त्यको अभियान पनि प्रभावकारी भएको बताउनुभयो ।
दिगो फाउण्डेशनका प्रमुख बालकृष्ण पोखरेलले रेडियोको प्रभावका बारेमा सकारात्मक धारणा बनाउनका लागि पनि सीआईएनले नमूना बनेर स्थापित हुन सकेकोमा प्रशंसा गर्नुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका सचिव भक्त स्याङ्तानले सामुदायिक रेडियोहरूसँगको सहकार्यमा सीआईएनले सुरु गरेका अभियानको प्रभाव र सन्देशको सकारात्मक पर्दै गएकोमा खुसी व्यक्त गर्नुभयो ।
संसद सचिवालयका पूर्व सचिव मुकुन्द शर्माले व्यक्ति र समाजमा रहेका सकारात्मक पक्षको उजागर गर्दै आगामी दिनमा सीआईएनले अरु सञ्चारमाध्यमको भन्दा फरक बनेर देखाउन सुझाव दिनुभयो ।
अकोराबका पूर्व अध्यक्ष तथा अमार्क एसिया प्यासेफिकका सहअध्यक्ष सुवास खतिवडाले सीआईएनलाई सामुदायिक रेडियोहरूका बीचमा नमूना र आदर्शको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो । सामुदायिक रेडियोकर्मीको क्षमता विकासमा पनि सीआईएनले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
सांसद रामप्रकाश चौधरीले अझैँ पनि सत्यतथ्य सूचनाका लागि रेडियो नै भरपर्दो माध्यम भएको उल्लेख गर्दै आफूले बिहान र साँझ सीआईएनबाट देशविदेशमा भए गरेका गतिविधिका बारेमा जानकारी लिने गरेको बताउनुभयो ।
संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुशुमदेवी थापाले कृषि र प्राकृतिक स्रोतको बारेमा सीआईएनमार्फत आउने समस्या समाधानका लागि आफू जहिल्यै सकारात्मक रहेको बताउनुभयो ।
विगतमा पनि सीआईएनले कृषिका समाचारलाई प्राथमिक्ता दिएको उल्लेख गर्दै भविष्यमा सकरात्मक सोच विकासका लागि पनि त्यसतर्फ जोड दिन भन्नुभयो ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले सीआईएले सामुदायिक रेडियोकर्मीको क्षमता विकासमा पनि विशेष भूमिका खेलेको बताउनुभयो । आगामी दिनमा समाचार र जानकारी लिने फेरिँदो माध्यमलाई ध्यानमा राखेर डिजिटल सामग्री उत्पादनको नयाँ अभियान थालिनुपर्ने उल्लेख गर्नुभयो ।