स्वस्थानीको फल प्राप्त गर्न साँखुमा माधवनारायणको ब्रत
काठमाण्डौ, पुस १५ गते
साँखुको ऐतिहासिक तथा परम्परगत एक महिने ब्रतलाई मौलिकरुपमै चिनाउन पहल थालेको छ । यस वर्ष पुस २२ गते देखि माघ २२ गतेसम्म हुन लागेको ब्रतको तयारी बारे जानकारी दिन आज साँखुमा आयोजित पत्रकार सम्मेलनमा आयोजक श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिले यस ब्रतलाई स्वस्थानी ब्रतको रुपमा नभई माधब नारायणको ब्रतको रुपमा चिनाउनुपर्नेमा जोड दिएका हुन ।
सबैले स्वस्थानी ब्रत भनियो, बास्तबमा मानब नारायणको ब्रत हो माधबनारायणको ब्रतले स्वस्थानीको फल प्राप्त हुने होे ब्रतका पुरोहित सुनिलराज राजोपाध्यायले बताए । माता पार्वतीले पनि नारायणको ब्रत बसेर महादेब प्राप्त गरेको उल्लेख गर्दै स्वस्थानी कथाले माधबनारायणको ब्रतलाई ओझेलमा पार्न कोसिस भइरहेकोले यहाँको मौलिक परम्परालाई बुझेर संरक्षणमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न उहाँले आग्रह गर्नु भयो ।
समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले सो अवसरमा पुस २१ गते ब्रतालुहरुलाई चि भ्यय् नयेगु (नुनको भोज खुवाएर ) गरी २२ गते देखि ब्रत सुरु हुने कार्यतालिका बारे जानकारी दिनु भयो । ३३ कोटि देवतालाई आमन्त्रण गरी अश्वमेघ यज्ञ तथा जज्ञ समेत गरी कठिन र कठोर सिल पालना गरी यो ब्रत हरेक वर्ष पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म मनाईने कार्य तालिकाहरु प्रस्तुत गरेका हुन । ब्रतालु र भक्तजनहरुको ब्यवस्थापनका लागि विभिन्न समिति तथा संस्थाहरु परिचालन गर्दै सार्वजनिक यातायता र प्राथमिक स्वास्थ्य उपचार सेवा समेत ब्यबस्था गरी एक महिने ब्रतको अवसरमा ३० देखि ३५ लाख भक्तजनहरुलाई दर्शन गराउने उदेश्य राखेको छ । गत २ वर्षसम्म कोरोनाको कहरले राम्रोसंग ब्रत मनाउन नपाएपनि दुई वर्ष अघि २० लाख र गत वर्ष १८ लाख भक्तजनहरु आएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले यस वर्ष ३५ लाख भक्तजनहरु शालिन नदि आउने विश्वास ब्यक्त गर्नु भयो ।
सो अवसरमा उहाँले भूकम्प र बाढीको जोखिमका कारण बन्दै गरेको माधबनारायणको मन्दिर शालिनदीको किनारामै परेकाले परम्परागत शैलीमै तर स्टक्चर भने कंक्रिट तथा ढलान गरी बनाउनुपरेको उल्लेख गरेका छन् । यसै बीच माधव नारायणको ब्रत देशका विभिन्न क्षेत्रमा मनाउने भएकाले यसको एकीकृत अध्ययन र समन्वयको आवश्यकतामा पनि जोड दिएका छन् ।
समितिका उपाध्यक्ष जीवनराम श्रेष्ठले ब्रतलाई ब्यवस्थित गर्न विभिन्न समिति उपसमिति बनाई सकेको उल्लेख गदै २।३ सय जना ब्रतालुलाई नि:शुल्क ब्रत बसाउने ब्यवस्था गरेको जनाएको छ । यस वर्ष ब्रत बस्न रुसको साइप्रसबाट समेत ब्रतालु आउने भएको उहाँले बताए । एक महिनाको ब्रतमा बज्रयोगिनी, पशुपति देखि फर्पिङ र पनौति तथा चाँगुनारायण क्षेत्रसम्म पइडलै हिडेर तिर्थातन गराउने परम्परा समेत रहेको उहाँले बताए ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














