भनपा १०मा नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण
भक्तपुर, जेष्ठ १२ गते
भक्तपुर नगरपालिका वडा नं. १०का समुदायलाई आज नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि तालिम दिएको छ । जिल्ला आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कमलविनायकले स्वास्थ्य जीवन प्रवद्र्धन कार्यक्रम अन्तरगत सो तालिम दिएको हो । सो अवसरमा भनपा १०का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, भक्तपुर नगर स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुनदर लासिवा सहितले बढ्दो नसर्ने रोगको विषयमा प्रशिक्षण दिनु भएको थियो भने आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका कार्यालय प्रमुख डा. नदन कंडेलसहितका चिकित्सकहरुले स्वास्थ्य वद्र्धक खानपान र शारीरिक व्यायामको महत्व बारे प्रकाश पार्दै सुगर र प्रेसर नियन्त्रण गर्न सके नसर्ने रोग संक्रमणबाट बच्न सकिने विभिन्न परामर्शहरु दिएका थिए । साथै सो अवसरमा योग र ध्यानबाट पनि निरोगी हुन सक्ने विभिन्न सिपहरु बारे प्रशिक्षण दिएको थियो । कार्यक्रममा भक्तपुर क्यन्सर अस्पतालका व्यवस्थापक राजाराम तजलेले पनि नसर्ने रोग मध्ये क्यान्सर रोगको अवस्था र उपचार एवं रोकथाम बारे बताएका थिए ।
















