राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक हुँदै ।

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक हुँदै ।।
केन्द्रीय तथ्याङ्क विभागले आज राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजासार्वजनिक गर्दैछ । विभागले आज दिउँसो भर्चुअल पत्रकार सम्मेलन गरेर राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजासार्वजनिक गर्न लागेको हो । पहिलो चरणमा गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना भएको थियो । विभागले आज परिवार सङ्ख्या, महिला र पुरुषसहित जम्मा जनसङ्ख्या कति र विदेशमा रहेकाको सङ्ख्या आज सार्वजनिक हुन लागेको हो ।