बडाध्यक्षले अनुमति दिएको घिसिङ डाँडा प्लतिङ अबैध घोषित !
भक्तपुर, बैशाख २२ गते
सूर्यविनायक नगरपालिका वडा नं. ९ का जनप्रतिनिधि भगवान खत्रीले अनुमति दिएको घिसिङ डाडा प्लतिङ अबैद्ध भएको खुलेकोछ । स्थानीय जनताले अबैद्ध भयो भनि जनगुनासो गरेको छ भन्ने खवर दिदा समेत वडाले सिफारिस गरी अनुमति दिएकै होे भन्दै वडाध्यक्ष खत्रीले बैधानिक रुपमै सञ्चालित प्लतिङ भएको भन्दै धाकछोप गरेको सो प्लतिङ सञ्चालनार्थ उपत्यका विकास प्राधिकरण, बन कार्यालय, जिल्ला प्रशासन, नगरपालिका कतैबाट पनि अनुमति नलिइ वडाध्यक्षको सिफारिसका आधारमा सुरु गरेको पुष्टि भएको छ ।

भक्तपुरको कांक्राबारीमा बन सम्पदा समेत मासेर बनाउँदै गरेको प्लटिङ अनधिकृतरुपमा सञ्चालित रहेको खुलेको हो । आज प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालसहित सरोकारवालाहरुको स्थलगत निरिक्षणले सो प्लटिङ अनधिकृतरुपमा सञ्चालित रहेको भन्दै सो कार्य रोक्न निर्देशन जारी गरेको छ । ८० प्रतिशत जग्गा प्लतिङ आयोजककै भएको दाबी गरिए पनि स्थानीयले आफ्नो जग्गामा विना अनुमति डोजर चलाएको बन र सार्वजनिक क्षेत्र समेत मासेर प्लतिङ गरेको मात्र नभई स्थानीयको बाटो, खोला र पानीको मुहान समेत पुरेर प्राकृतिक एवं जैविक विविधतालाई समेत नष्ट गरेकोे भन्दै त्यसको विरोधमा संघर्ष समिति गठन गरी विरोध जनाउँदै आएका थिए ।
https://www.facebook.com/kantipurtvhd/videos/672871315362128
यसै हप्ता मात्र प्लतिङ क्षेत्रमै पत्रकार सम्मेलन आयोजना गरी स्थानीयको पीडा सारोकारवाला निकायले पनि नसुनेपछि बाध्य भएर पत्रकार समक्ष आउनुपरेको संघर्ष समितिले जनाएको थियो भने सो बारे प्लतिङ आयोजक निक भुजिकीक हाउजिङ कम्पनिका सञ्चालक मध्यका डिल्ली बराइलीले घिसिङ डाँडा प्लतिङमा स्थानीय वडाको स्वीकृति पाएको तर अन्य सरकारी निकायको स्वीकृति पाइ नसकेको स्वीकारेका थिए भने स्थानीय जनताको आवाज जायज भएपनि आफुहरुले गैर कानूनी कार्य गरेको भए सो अनुसार दण्ड भोग्न तयार रहेको समेत पत्रकारहरुलाई बताएका थिए ।
सोही अनुसार गैरकानूनी गतिविधिको मूल्यांकन गर्दै कार्वाहीकालागि भक्तपुरका प्रमुख जिल्ला अधिकारी अर्यालले निर्देशन जारी गरेको छ । सो क्षेत्रमा गत पुस महिना देखि तीन दर्जन भन्दा बढी जोडर चलाउँदै ४ सय ५० रोप्नी भन्दा बढी घिसिङ डाँडा सम्याउदै आएको स्थानीयको भनाई छ । सो बारे सामुदायिक बन क्षेत्र छोएपछि स्थानीयले खुलेर तिब्र विरोध जनाउन थालेको संघर्ष समितिका अध्यक्ष प्रेमबहादुर तामाङले जनाएको छ ।













