जनप्रतिनिधीले हात उठाए, निल वाराही मन्दिर जनताले संरक्षण गर्नेे !

जनप्रतिनिधीले हात उठाए, निल वाराही मन्दिर जनताले संरक्षण गर्नेे !
मध्यपुर थिमी, बैशाख २२ गते
आम समुदायले धनबाराहीको नामले समेत चिनिने मध्यपुर थिमीको ऐतिहासिक निल बाराही मन्दिर यति बेला पहिरोको उच्च जोखिममा छ । वर्षौ देखि पहिरोको जोखिममा रहेको यस मन्दिर परिसर यतिबेला पहिरोबाट बचाउनकालागि प्लास्टिकले छोपेको छ । लाखौ भक्तजनको आस्थाको धरोहर निल बाराही मन्दिर पहिरोको जोखिममा परेपछि पनि स्थानीय सरकार र जनप्रतिनिधीले ध्यान नदिएको भन्दै सम्पदा संरक्षण अभियान्ताहरुले सरकार र जनप्रतिनिधीहरुलाई हात उठाउन्स हामी संरक्षण गछौं भन्न थालेका छन् । यस वर्ष पनि बर्षाको समय आउन लाग्दा समेत प्लास्टिकको भरमा मन्दिर संरक्षण हुन नसक्ने भन्दै गत शनिबार बैशाख २० गते स्थानीय र भक्तहरुको भेला गरीे निलबाराही माँजु मन्दिर संरक्षण सरोकार समिति समेत गठन गरेको छ । सो समितिले मन्दिर संरक्षणमा सरकार र जनप्रतिनिधीको ध्यानाकर्षण गराएका हुन् । सरकार र जनप्रतिनिधीहरुले बेवास्था गरे जनस्तरबाटै मन्दिर संरक्षण गर्ने अठोत गर्दै गठित सरोकार समितिले धिम्य बजाएर वा साँगितिक महोत्सव आयोजना गरेर भएपनि आवश्यक रकम जुताएर ऐतिहासिक मन्दिर संरक्षण गर्ने भन्दै स्थानीय सरकार यसमा जवाफ देही र जिम्मेवार बन्नुपर्नेमा सचेत पार्दै आएका छन् ।


स्थानीय बुजुकहरुका अनुसार मन्दिर संरक्षण गर्ने नाममा पटक पटक गरी १७ करोड भन्दा बढी रकम खर्चि सकेको छ यद्यपी दिनप्रतिदिन मन्दिर पहिरोको जोखिममा पर्न थालेपछि सम्पदा संरक्षणकर्मीहरु जुर्मुराउन थालेका हुन । निल बाराही संरक्षण अभियानको नाममा सरकारले २४ करोड बजेट विनियोजन गरेपनि संरक्षणका कार्य कार्यान्वयन नगरी प्लास्टिककै भरमा पहिरो जोखिम व्यवस्थापन सिमित गर्न खोजेपछि अनिश बैद्य, सूर्य श्रेष्ठ, निशुल प्रजापति सहितका दर्जनौ अभियान्ताहरु यतिबेला सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै छन् ।


सो मन्दिरको ऐतिहासिकता र जनविश्वास बारे बोल्दै स्थानीय संस्कृति अध्यता सूर्यराम श्रेष्ठले नील बाराही मन्दिर परिसर २०७२ सालको भूकम्प पहिलो देखि नै पहिरोको जोखिममा रहेको भन्दै सो मन्दिरको संरक्षणमा जनप्रतिनिधीहरुले बेवास्था गरेको टिप्पणी गरेका छन् । मध्यपुर थिमी नगरपालिकामा जोसुकै जनप्रतिनिधी निर्वाचित भएर आएपनि ऐतिहासिक निल बाराही मन्दिरलाई पहिरोको जोखिममै राख्नु भनेको स्थानीय सरकार र जनप्रतिनिधीहरुले जनविरोधी कदम भएको उहाँले बताए । भन्ने बेला पर्यटन प्रवर्धनकालागि सम्पदा संरक्षण भनिन्छ, तर मध्यपुरकै चिनारी निल बाराही मन्दिर संरक्षण नहुनु दुःखद छ । यस मन्दिरको दिल देखि नै संरक्षण गर्नुपर्ने छ । यो काठमाण्डौ उपत्यकाका चार मुख्य बाराही मध्ये एक, बाराही हो, उहाँले भने यो धन बाराही हो । धनको अभाव हुन नदिन जनताले पूज्दै आएको धनबाराहीलाई पहिरोको जोखिममा राख्नु हुन्न ।
सोही वडाका वडाध्यक्ष सानुभाई राजबाहकले भने मन्दिरको पहिरो रोकथाम गर्ने आफ्नो हैसियत नभएको र यस बारे नगर प्रमुखले बोल्नुपर्ने तथा सो बारेमा उपप्रधान मन्त्री समक्ष पुर्याउनुपर्ने भन्दै मन्दिर संरक्षणकालागि भएका विभिन्न योजनाहरु बारे जानकारी दिन व्यस्त छन् । मन्दिर संरक्षणकालागि टुक्रे योजनाले काम नगर्ने भन्दै वडाध्यक्ष राजबहाकले प्राविधिक त्रुतिका कारण मन्दिर थप पहिरोको जोखिममा परेको बताए । पहिरो संरक्षण गर्नकै लागि बनेको बालहरुमाथि निकास जोडिदा थप जोखिममा परेको भन्दै उहाँले सरकारी योजना कार्यान्वयनको पक्षमा रहेको बताए । यस वर्ष मन्दिर संरक्षणका लागि विनियोजित २४ करोड मध्ये ७ करोडको ठेक्का लाग्ने विश्वास लागेको उहाँले बताए । तर अभियान्ताहरु भने जनप्रतिनिधीहरुको भनाई प्रति विस्वस्थ छैनन् । मन्दिर संरक्षणको नाममा राजनीति गर्दै आएको चर्चा गर्दै जनताको आस्थाको प्रतिकलाई बेवास्था गर्न नमिल्ने भन्दै स्थानीय सरकार र जनप्रतिनिधीले हात उठाए जनस्तरबाटै संरक्षण गर्ने बताएका हुन ।
स्मरणीय छ मध्यपुर थिमी नगरपालिकाले हालै सम्पदा र्याली आयोजना गर्यो । मध्यपुर थिमीको सम्पदा संरक्षण र पर्यटन प्रवर्धनद्वारा आर्थिक समृद्धिको परिकल्पनाका साथ पटक पटक सम्पदा पद्यात्रा भइसकेका छन् । मध्यपुरको पहिचान बोकेको ऐतिहासिक निल बाराही मन्दिर परिसर भने दर्शकौ देखि पहिरोको उच्च जोखिममा रहेको छ । यसपाली यही बैशाख २० गते शनिबार विहान नगरपालिकाले मध्यपुर थिमीमा सम्पदा पद्यात्रा गर्दै उद्सव मनाइरहँदा सम्पदा संरक्षण अभियान्ताहरुले भने सोही समयमा मध्यपुर थिमीकै प्रसिद्ध एवं ऐतिहासिक निल बाराही मन्दिर परिसरमा स्थानीय र भक्त भेला आयोजना गरी नील बाराही मन्दिर परिसर पहिरो रोकथामकालागि आवाज बुलन्द गरे । सोही भेलाबाट निलबाराही माँजु मन्दिर संरक्षण सरोकार समिति गठन गरेको थियो । सो समितिका पदाधिकारी र सम्पदा संरक्षणकर्मीहरुले आज पनि तिगनीमा भेला भई सो बारे थप छलफल गरेका छन् ।