भक्तपुरमा मनाईयो १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस
भक्तपुर, बैशाख १७ गते
१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल क्रान्तिकारी मजदुर संघ भक्तपुरले आज भक्तपुरमा जुलुस तथा सभा आयोजना गरेको छ । हरेक वर्ष मे १ तारिखका दिन विश्वभर मनाईने मजदुर दिवसको सन्दर्भमा आयोजित सो कार्यक्रममा बक्ताहरुले श्रमजिवी मजदुर वर्गको हितले मात्रै देशमा समृद्धी आउने बताएका छन् । भक्तपुर नगरको सूर्यमढीबाट सुरु भएको जुलुसले नगरपरिक्रममा गर्दै टेखापुखु पुगेर आयोजित सभामा कार्यक्रमका प्रमुख अतिथि नेमकिपा सचिव एवं सांसद प्रेम सुवालले हसियाँ हठौडा मजदुरहरुलाई हस्तान्तरण गर्दै अन्तर्राष्ट्रिय श्रमिक दिवसको उद्घाटन गर्नु भयो । कार्यक्रममा सांसद सुवालले आन्दोलनले मुक्ती र उपलब्धी प्राप्त हुने बताउँदै आन्दोलन खेर नजाने बताउँनु भयो । उहाँले हाम्रो मुक्ती र अपलब्धीकालागि समाजबादी आन्दोलनका लागि जुत्नु पर्र्नेेमा जोड दिनु भयो ।
२ सय वर्ष पहिला अमेरिकाको शिकागोमा भएको मजदुर आन्दोलनमा घुसपैठ भई अधिकारकालागि लडेका मजदुरहरुमाथि प्रहरी दमन भएको स्मरण गर्दै सांसद सुवालले त्यसबाट पनि हामीले सिक्नुपर्ने बताउनु भयो । गुप्तचरहरुको घुसपैठबाट मजदुरहरुमाथि गोली चलाउँदा पनि मजदुर आन्दोलन नरोकेका कारण संसारभरका मजदुरहरुले मे दिवसबाट उपलब्धि पाएको बताउनु भयो । आयोजक नेपाल क्रान्तिकारी मजदुर संघका उपाध्यक्ष उपेनद्र सुवालको अध्ययक्षतामा आयोजित सो कार्यक्रममा बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, भक्तपुर सिकर्मी संघका विक्रम ढुकुछु, भक्तपुर डकर्मी संघका अध्यक्ष विष्णुराम दुमरु, दीपा खत्री सहितका बक्ताहरुले मजदुर हकहितकालाई समाजबादी व्यवस्था आश्वश्यक भएको जोडदिएका थिए । सो अवसरमा श्रमिकहरुको हकहितका सवालहरुमा विभिन्न कलाकारहरुले गित र नृत्य प्रस्तुत गरेका थिए ।
Featured Posts – Style 1
एभरेष्टको सिभिल इन्जिनियरिङ गोष्ठी सम्पन्न
2026-04-27 Comments Off on एभरेष्टको सिभिल इन्जिनियरिङ गोष्ठी सम्पन्न
एभरेष्टको सिभिल इन्जिनियरिङ गोष्ठी सम्पन्न१४ बैशाखउच्च प्राविधिक क्षेत्रमा देशकै अग्रनि मानिएको सानेपा ललितपुरमा रहेको एभरेष्ट इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ विभागले...
समयसँंगको सहकार्य नामक पुस्तक बजारमा
2026-04-27 Comments Off on समयसँंगको सहकार्य नामक पुस्तक बजारमा
भक्तपुर । साढे चार दशक शिक्षा सेवामा समर्पित शिक्षासेवी रामगोपाल कर्माचार्यको जीवनीमा आधारित समयसँंगको सहकार्य नामक पुस्तक बजारमा आएको छ...
७० नाघेका बाजेबज्यैहरुको काठमाडौंमा सांस्कृतिक प्रस्तुति
2026-04-27 Comments Off on ७० नाघेका बाजेबज्यैहरुको काठमाडौंमा सांस्कृतिक प्रस्तुति
७० नाघेका बाजेबज्यैहरुको काठमाडौंमा सांस्कृतिक प्रस्तुति वैशाख १२ गते । केके मानन्धर । न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा काठमाडौंको...
एभरेष्टका सम्पूर्ण शिक्षक एआई दिक्षित
2026-04-25 Comments Off on एभरेष्टका सम्पूर्ण शिक्षक एआई दिक्षित
एभरेष्टका सम्पूर्ण शिक्षक एआई दिक्षित ललितपुरस्थित एभरेष्ट इन्जिनियरिङ कलेज (EEC) मा आयोजना गरिएको ‘AI-Enabled Digital Pedagogy’ विषयक तीन दिने कार्यशाला आज सफलतापूर्वक...
मनोहरा नदीका सुकुम्वासी सुरक्षित क्षेत्रमा सर्दै
2026-04-24 Comments Off on मनोहरा नदीका सुकुम्वासी सुरक्षित क्षेत्रमा सर्दै
मनोहरा नदीका सुकुम्वासी सुरक्षित क्षेत्रमा सर्दैकाठमाडौँ, ११ वैशाखमनोहरा नदि क्षेत्रका सुकुम्बासीहरु आफै सुरक्षित क्षेत्रमा वसाई सर्न थालेका छन् । असुरक्षित...














