जनताको समस्या र गुनासो सुनुवाईका लागि प्रदेश सरकार समन्वय गर्न तयार
भक्तपुर, चैत्र १५ गते
देशको संवैधानिक व्यवस्था अनुसार संघियताका तीनै तहले आ आफ्नो दायित्व र अधिकार कार्यान्वयन भइरहेकोे बागमती प्रदेशका मूल्य मन्त्री बहादुर सिं लामाले जनाएको छ । संघियता एउटा झोलुगे पुल जस्तै भएको भन्दै मुख्य मन्त्री लामाले खम्बा केन्द्रीय सरकार, पुलको दायाँबायाँका पाटाहरु प्रदेश सरकार र बीचको भाग स्थानीय सरकार भएको भन्दै आआफ्नो क्षेत्राधिकारभित्र रहेर संघियताको सफल अभ्यास हुँदै आएको उल्लेख गरेका हुन् । रफत सञ्चारमा सञ्चारकर्मीसँग आज बोल्दै मुख्यमन्त्री लामाले जनताको असिमित आकाक्षा बीच प्रदेश सरकारले धेरै यथोचित कार्य गरिरहेकोे भन्दै मुख्य मन्त्री लामाले जनताले संघियताको अनुभूति हुने गरी कार्य गर्न अझै बाँकी रहेको जनाएको छ । पूर्णरुपमा कानून बनि नसकेकाले पनि कार्यसम्पादन हुन नसकेको उल्लेख गर्दै मुख्य मन्त्री लामाले जनताको बीचमा स्थानीय सरकारले काम गर्नुपर्नेमा जोड दिदै जनताको समस्या र गुनासो सुनुवाईका लागि प्रदेश सरकार समन्वय गर्न तयार रहेको बताए ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













