अभिभावक संघ भक्तपुरको ध्यानाकर्षण पत्र सूनपालाई

अभिभावक संघ भक्तपुरको ध्यानाकर्षण पत्र सूनपालाई
भक्तपुर, चैत्र १५ गते
अभिभावक संघ नेपाल भक्तपुरले गुणस्तरीय शिक्षाकालागि सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । संघको एक टोलिले आज नगर प्रमुख थापाको कार्यकक्षमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन । नेपालको संविधान २०७२मा शिक्षालाई राज्यको दायित्व अन्तर्गत मौलिक हको रुपमा माध्यमिक विद्यालयसम्मको शिक्षा निःशुल्क व्यवस्था रहेको भन्दै संघका अध्यक्ष रामकृष्ण प्रजापतिले देश र जनताको सेवा गर्ने हेतुले देश विकासको लागि आवश्यक जनशक्ति तयार गर्न र हत्या, हिंसा, भ्रष्टाचार बढेको बेला समाजमा भएका बिसंगति बिकृतिहरु हटाई शान्ति, सदाचार र शिष्टाचार सहितको नैतिक एवं व्यवहारिक शिक्षा आवश्यक भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन ।


ध्यानाकर्षण पत्रमा भिनएको छ, शिक्षा जस्तो अपरिहार्य आवश्यकतालाई सस्तो, शुलभ, गुणात्मक र बैज्ञानिक शिक्षा बनाई राष्ट्र विकासको लागि आवश्यक जनशक्ति तयार गर्न तथा शिक्षा क्षेत्रमा भईरहेको बिकृति, बिसंगति, मनपरितन्त्र, व्यापारिकरण, चर्को शुल्क बृद्धि, महंगी, बालबालिका माथि यातना शैक्षिक संस्था बन्दको विरोध तथा भौतिक पूर्वाधार, सुबिधा र गुणस्तर युक्त शिक्षाको लागि अभिभावकहरु संगठित रुपमा अगाडि बढ्ने प्रणका साथ कार्य गरिरहेको भए पनि अभिभावकहरुलाई स्थानीय तहको शिक्षा समिति वा शुल्क निर्धारण समिति बाहिर राखेर शिक्षालाई अगाडि बढाउन खोज्नु हातखुट्टा बाँधेर दौडाउनु वा लगडो घोडालाई दौडाएर प्रतिस्पर्धामा सफल हुने दिवास्वप्न जस्तै हुने छ ।


सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय नहुँदा अभिभावकहरु आफ्नो छाक काटेर भएपनि बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयतर्फ आकर्षित हुँदा संस्थागत विद्यालयको प्रादुभाव भएको भन्दै त्यस्ता विद्यालयमा नाफाको निम्ति अभिभावकको ढाड सेक्ने गरी शुल्क निर्धारण गर्दा तल्लो वर्गका जनताले गुणस्तरीय शिक्षाको पहुँचबाट टाढा हुँदै गएको देखिन्छ ध्यानाकर्ष पत्रमा भनिएको छ ।
शिक्षा ऐन नबन्दा पंचायती व्यवस्थाको २०२८ सालको शिक्षा ऐनमा बसेर काम गर्नुपरेको अवस्थाका साथै २०५५ शिक्षा नियमावलीमा शुल्क निर्धारण समितिमा अभिभावक संघको प्रतिनिधि रहने गरी ऐन मै व्यवस्था थियो तर माध्यमिक विद्यालयको शिक्षा स्थानीय तहमा गएसँगै सबै स्थानीय तहमा आआफ्नो तरिकाले शिक्षा ऐन बनाउँदा शिक्षा समिति र शुल्क निर्धारण समतिमा ८० लाखा विद्यार्थीका अभिभावकहरुको प्रतिनिधत्व नहुँदा शुल्क निर्धारण, छात्रबृति वितरण, विद्यालय निरिक्षण, विद्यालय पोशाक र पाठ्यपुस्तक विद्यालयले भनेकै पसलमा नै किन्नुपर्ने गरि सिण्डिकेट गरेको विरुद्ध आवाज राख्ने अवसर समेत गुमेको छ । साथै छात्रावासम भएको बालकालिका प्रतिको हिंसा होसु वा विद्यार्थी बोक्ने विद्यालयको गाडीमा कोचि कोचि ल्याउने साथै पछाडि फर्काएर राख्दा रिंगटा लाग्ने र त्यसले कक्षा कोठामा ध्यान केन्द्रिकृत गर्न नसक्दा शिक्षा ग्रहणमा पछाडि परेको समस्या बारे बोल्न अभिभावकहरुको शिक्षा समिति वा शुल्क निर्धारण समतिमा अनिवार्य रुपमा सहभागि गराउनुपर्नेमा ध्यान केन्द्रीत भएकोले त्यस नगरपालिकाले अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका प्रतिनिधी समावेश गरी अभिभावकहरुको भावनालाई उच्च कदर गर्ने आशाका साथ यो ध्यानाकर्षण पेश गरेका छौंं । अध्यक्ष प्रजापतिले जनाएको छ ।