वागीश्वरीमा ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

वागीश्वरीमा ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

भक्तपुर, २४ फागुन
वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ को आयोजनामा ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साहित्यिक तथा प्रवचन कार्यक्रमका साथ विहीवार मनाएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले हरेक अभिभावकले आफ्ना छोराछोरीलाई सही शिक्षा दिएमात्रै व्यवहारिक र सही बाटोमा हिड्ने बताउनुभयो । उहाँले छोराछोरीलाई सही गन्तव्यमा पुर्‍याउन आमाबाबुले बेलैमा सचेत पार्नुपर्ने अन्यथा पछुटाउनुपर्ने बताउनुभयो । कानुन र संविधानले दिएको पर्याप्त अधिकारको सदुपयोग गर्नुपर्ने बताउँदै महिला पछि पर्नुको कारण महिला नै भएको उहाँको भनाइ छ ।
कार्यक्रममा शिक्षकहरु हरिप्रसाद बास्तोला, हिरालाल फुँयाल, प्रजापति खनाल, विद्यार्थीहरु रघुनन्दन महतो, विष्णुमाया तामाङ, विनिता कोइराला, अञ्जली बनमाला, सेलिजा सापकोटालगायतले नारी दिवसबारे स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुले कविता, गीत, गजल, मुक्तक, निबन्धलगायतका विधा प्रस्तुत गरेका थिए ।