भक्तपुर प्रहरीद्वारा चोरी तथा लुटपाटमा संलग्न फरार कैदी बन्दीहरु सहित ६ जनालाई लियो, नियन्त्रणमा

भक्तपुर प्रहरीद्वारा चोरी तथा लुटपाटमा संलग्न फरार कैदी बन्दीहरु सहित ६ जनालाई लियो, नियन्त्रणमा

भक्तपुर, कार्तिक १५ गते
जिल्ला प्रहरी कार्यालय भक्तपुरले चोरी तथा लुटपाटमा संलग्न फरार कैदी बन्दीहरु सहित ६ जनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेजुका अनुसार मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ निकोसेरा ढुंगेधारा स्थित ७६ वर्षका कृष्णभक्त कासुलालाई आक्रमण गर्ने ४ जना मानिसहरुलाई पक्राउ गरेको छ । घाइते काछुलालाई थप उपचारकालागि काठमाण्डौ मेडिकल कलेज सिनामंगल काठमाण्डौ लगिएको छ । काछुलालाई आफ्नै घरमा प्रवेश गरेका दुई जना अपरिचित व्यक्तिहरुले डाउरा चिर्ने चिरपटले प्रहार गरी घाईते बनाएको थियो । भक्तपुर प्रहरीले आज जारी गरेको विज्ञप्ति अनुसार यसरी पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक धुलिखेल नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको कमलविनायक बस्ने वर्ष २७का बिक्रम थापा, यसै गरी रोशी गाउँ पािलका वडा नं. १ घर भई हाल कमलविनायक बस्दै आएका वर्ष ३०का राम बहादुर तामाङ, रोल्पा परिवर्तन गाउँपालिका वडा नं. ४ घर भई हाल कमलविनायक बस्ने वर्ष ४३का लोकेन्द्र पुन र उदयपुर बेलटार घर भई हाल कमलविनायक बस्ने वर्ष ४०का राजु राईलाई प्रहरीले नियन्त्रण लिई थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी जवेजुले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेको बिक्रम थापा र रामबहादुर तामा« चोरी, लुटपाट र लागू औषध अपराधमा विगत देखि नै संलग्न रहेको अनुसन्धानकोक्रममा खुल्न आएको जनाएको छ भने भक्तपुर प्रहरीले भक्तपुरको हिरासत कक्षबाट फरार भएको विद्युतीय कारोबार ऐन अन्तगतको कसुरमा फरार रहेका सिन्धुपाल्चोक जुगल वडा नं. २ गोल्छे घर भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघर बस्ने वर्ष ३०का निकेश राउटलाई पनि पक्राउ गरेको छ । यसै बीच जेनजी आन्दोलनमा विभिन्न कारागारबाट फरार भएका थप १ जना कैन्द्र बन्दीलाई पक्राउ गरी सम्बन्धित कारागारमा पठाएको सूचना अधिकारी जवेजुले जनाएको छ।