मध्यपुरमा आगलागि लाखौको क्षति
मध्यपुर थिमी, चैत्र ३ गते
माध्यपुर थिमीको एक दुनोट कारखानामा आज दिउँसो आगलागि भएको छ । सो आगलागिबाटसँगै रहेका अन्य वर्कशप र पसलमा समेत आगो फैलिन गई लाखौ धनमालको नोक्सानी भएको छ । दुनोट बनाउन तताइएको तेलबाट आगलागि भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगलागिका कारण पसलमा रहेका ग्यासका सिलिण्डर समेत जलेर पड्केको थियो । बारुद्ध यन्त्र भक्तपुर, प्रहरी र स्थानीय समुदायको सक्रियताले आगलागि नियन्त्रणमा आएको छ । सो आगलागि मध्यपुर थिमीस्थित मध्येपुर अस्पतालसँगैको दुनोट बनाउने पसलमा भएको थियो ।
















