प्रख्यात गायक प्रकाश सपुत बाट अंगदानको घोषणा ।
विश्व मृर्गौला दिवस विविध सांगितिक कार्यक्रमका साथ सम्पन्न भएको छ । ललितपुरमा आयोजित उक्त अवसरमा प्रख्यात लोक तथा दोहोरी गायक प्रकाश सपुतबाट विशेष संगितिक प्रस्तुति दिनुका साथै मस्तिष्क मृत्यू पश्चात अंगदान गर्ने घोषणा गर्नु भयो । देश र समाजको सबै पक्ष कलाकार, पत्रकार, समाजसेवी, राजनीतिज्ञ, जनसाधारण तथा चिकित्साकर्मीहरु तथा प्राविधिक र सर्वसाधारण सबैमा अंगदान विशेष गरेर मस्तिष्क मृत्यू पश्चातको अंगदान सम्बन्धि व्यापक जनचेतना अभिवृद्धि गर्नपर्ने कुरा औंल्याउनु भएको र स्वयं आफैंले पनि मृत्यु पश्चात सम्पूर्ण अंगदान गर्ने घोषणा गर्नु भयो ।
मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्यारोपणकी राष्ट्रिय संयोजक डा कल्दपना कुमारी श्रेष्ठ र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले अंगदान कार्ड हस्तान्तरण गर्नु भएको थियो ।













