कांग्रेसले जनमत अनुसार काम गरेर देखाउन सकेनन्ः महामन्त्री थापा

कांग्रेसले जनमत अनुसार काम गरेर देखाउन सकेनन्ः महामन्त्री थापा
भक्तपुर, माघ १३ गते
जनमत पाएको कांग्रेसका जनप्रतिनिधीहरुले नै परिणाम आउने गरी काम गर्न नसकेको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगंनकुमार थापाले आफूलाई प्रधानमन्त्री दिए अरु भन्दा बढी काम गरेर देखाउन सक्छु भनेका छन् ।
बालकोट भक्तपुरमा आज भएको मीनकुमारी राणा प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसरमा तीन जना व्यक्तित्वहरुलाई सम्मानित गर्दै महामन्त्री थापाले देशको प्रधानमन्त्री जुनसुकै दलको भएपनि देशको समुनत विकास चाहिएको भन्दै अहिलेका प्रधानमन्त्रीहरुले भन्दा आफूले प्रधानमन्त्रीको जिम्मेवारी पाए भने अझ बढी समुनति हुने गरी काम गर्ने दाबी गरेका हुन् । नेता थापाले आफ्नो ज्यान जाने भएपनि व्यवस्था नै परिवर्तन हुने गरी संविधान संशोधनको पक्षमा आफू नभएको भन्दै लोकतन्त्रको अबको पाटो समुनति भएको बताएका छन् ।


विपि कोइरालाकोे १८ महिने, मनमोहनकोे ३ महिने प्रधानमन्त्रीको कार्यकाल उत्कृष्ठ थान्ने पार्टीहरुले जनमतको आधारमा त्यो भन्दा बढी राम्रो कार्य गर्न सक्नुपर्नेमा जोड दिएका थिए । नेता थापाले भने ०८४ सालको चुनाव आउन अझै ३ वर्ष बाँकी छ, अहिले देखि चुनावको कुरा नगरौं, जनमतको आधारमा अझ बढी राम्रो काम गरौं । जिम्मा लिनेले पनि काम नगर्ने हो भने काम कस्ले गर्ने हो त? उहाँले प्रश्न गर्नु भयो । जनमतले जनप्रतिनिधी, मन्त्री प्रधानमन्त्री बनायो, अब जिम्मेबारी अनुसारको कामलाई परिणाममुखि बनाउन सक्नुपर्यो ।
प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थ, वरिष्ठ पत्रकार श्री आर्चाय, राष्ट्रिय बक्सिङ प्रशिक्षक प्रचण्ड शर्मालाई सम्मानित तथा छात्रवृद्धि वितरण गर्दै नेता थापाले सो अवसरमा मीनकुमारी राणाको प्रतिमा अनवारण गरेका थिए । कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही, सांंसद दुर्लभ थापा, साहित्यकार, प्रजातन्त्र सेनानी तिलक प्रकाश कायष्ठले देशमा भ्रष्टाचार र अनियमिता बढेको, राम्रो भन्दा हाम्रोलाई रोज्ने गलत परिपातिले कांग्रेस कमजोर हुँदै गएको टिप्पणी गरेका थिए । प्रतिष्ठानका महासचिव रवि राणाले स्वागत गरेको सो कार्यक्रममा अध्यक्ष कविर राणले कार्यक्रम बारे जानकारी दिएका थिए ।