निर्वाचन क्षेत्र २ सूनपाका भक्तपुरका मतदान स्थलहरु र केन्द्रहरुको स्थलगत अनुगमण
भक्तपुर, माघ २६ गते
भक्तपुर निर्वाचन क्षेत्र नं. २को सूर्यविनायक नगरपालिका क्षेत्रका मतदान स्थल र केन्द्रहरुको आज स्थलगत निरिक्षण गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा जिल्ला निर्वाचन अधिकृत प्रकाश मगर, मुख्य निर्वाचन अधिकृत नवराज दाहाल, निर्वाचन अधिकृत क्षेत्र नं.२का राधिका सुवाल, प्रहरी उपरिक्षक सूर्यवहादुर खड्का सहित भक्तपुरका महालेखा नियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय तथा निर्वाचन सम्बन्धि कर्मचारीहरुका साथै स्थानीय जनप्रतिनिधीहरुको उपस्थितिमा सो अनुगमण गरिएको हो । सिरुटाल, बालकोट, दिधिकोट, गुण्डु, कटुञ्जे, सिपाडोल, नंखेल, चितपोलसम्मका अधिकांश निर्वाचन क्षेत्र एवं केन्द्रहरुको स्थलगत निरिक्षण गरिएको हो ।


गत हप्ता मध्युपुर थिमीका निर्वाचन क्षेत्र र केन्द्रहरुको अवलोकन सम्पन्न गरेको सो टोली आज सूर्यविनायक नगर क्षेत्रका निर्वाचन स्थल तथा केन्द्रहरुको अवलोकन गरेका हुन । अवलोकनका क्रम काक्राबारी सहित गाउँ क्षेत्र तथा खेल मैदान एवं खुल्ला ठाउँसमेत नभएका मतदान स्थलहरुको विकल्प खोज्नुपर्ने आवश्यकता महसुस गराएको जिल्ला निर्वाचन अधिकारी प्रकाश मगरले जनाएको छ । साँघुरो ति मतदान स्थललाई कम्तिमा पनि चौबाटो खुल्ला क्षेत्रमा स्थानान्तरण गर्न सके मतदान प्रकृया सहज हुने देखिएपनि यसपालिको निर्वाचन निर्धारित क्षेत्रमै आयोजना गर्ने गरी स्थलगत अनुगमणका साथै थप तयारी थालिने उहाँले बताए ।
सूर्यविनायक नगर क्षेत्रका वडा नं १ देखि १० सम्मका २३ वटा मतदान स्थलका ६२ मतदान केन्द्र रहेका छन् । प्रति एक हजार मतदाताकालागि एक मतदान केन्द्र व्यवस्था गर्दै सो क्षेत्रको स्थलगत निरिक्षण गरिएको हो । निर्वाचन कार्यालय भक्रपुरले भोलि देखि भक्तपुर निर्वाचन क्षेत्र नं. १का निर्वाचन स्थल र केन्द्रहरुको निरिक्षण गर्ने भएका छन् ।












