भक्तपुर कप फुटबल सुरु ः उदघाटन खेलमा आयोजक टिम विजयी
भक्तपुर युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि सुरु भएको भक्तपुर कप २०७८ फुटवल प्रतियोगिताको उदघाटन खेलमा आयोजक भक्तपुर युवा टिम विजयी भएको छ । आयोजक टिमले प्रतिस्पर्धी नमस्ते बनेपा फुटबल क्लव बनेपालाई ३—१ गोलको अन्तरले विजयी भएको हो ।
खेल सुरु भएको १३ मिनेटमा आयोजक भक्तपुर युवा टिमले गोल गर्न थालेको थियो । विजयी टिमका सुरेश खत्रीले पहिलो गोल गरेका थिए । त्यसलगतै दोश्रो गोल पनि विजयी टिमकै विकाश लामाले गरेका थिए । लामाले ४२ औ मिनेटमा गरेका थिए । त्यसलगतै ४२ औं मिनेटमै पराजित नमस्ते बनेपा फुटबल क्लवबका अनिल तिमिल्सिनाले गोल फर्काएका थिए । खेलको ६१ औ मिनेटमा विजयी भक्तपुर युवा टिमकै सुरेश खत्रीले दोश्रो गोल गरेका थिए ।
प्रतियोगितामा आयोजक विजयी टिमका सुरेश खत्री म्यान अफ दी म्याच घोषित भए । साथै विजयी टिमकै सुदर्शन श्रेष्ठ राइजिग प्लेयरको रुपमा घोषित भए । दुवै टिमलाई नगदका साथ पुरस्कार प्रदान गरिएको थियो । साथै गोर्खा इको प्यानलका अध्यक्ष विश्वराम कवांले कम्पनीकोतर्फबाट दुवैलाई उपहार प्रदान गरेका थिए । प्रतियोगिता अन्तर्गत शनिबार तीन वटा खेलहरु हुने जनाइएको छ । प्रतियोगिता फागुन १४ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको उदघाटन बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले गरेका थिए । उनले युवाहरु एमसीसीविरुद्ध लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा आयोजक टिमका अध्यक्ष केशव त्वानाबासु, संस्थापक अध्यक्ष विश्वराम कवां, भक्तपु जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु, भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांलगायतले खेलकुद हारजित भन्दा पनि मित्रताका लागि हो भने । साथै कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, स्थानीय बलराम गोसाई,,राधेसुन्दर सायजु, हरि घेमोसु, कृष्णराम ग्वाछा, सुरेश कवांलगायतका अतिथि रहेका थिए ।














